बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा यसरी बित्यो ४ घण्टा

शुक्रबार, २८ वैशाख २०७५, १४ : ४९
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरमा झण्डै चार घण्टा बिताए । यसक्रममा उनले जानकी मन्दिरमा विशेष पूजा अर्चनादेखि अयोध्या–जानकी बससेवाको उद्घाटन, प्रदेश सरकार तथा विभिन्न संघ संस्थाको अभिनन्दन र दुई छुट्छुटटै सम्बोधन गरेका थिए । 

बाह्र विघा मैदानमा भएको कार्यक्रमा मात्रै मोदीले करिब एक घण्टा लामो सम्बोधन गरेका थिए । मोदीको सम्बोधनमा जनकपुर, लुम्बिनीको महत्व, नेपाल भारत सम्बन्धको पाटो, नेपालको परिवर्तित राजनीति,व्यापार, रेलमार्ग, सडकमार्ग, कृषिलगायत थुप्रै आपसी सहयोगका बारेमा केन्द्रीत थियो । सम्बोधनका क्रममा उनले नेपालको सम्बृद्धि आफ्नो पनि सम्बृद्धि भएको बताए । उनले जनकपुरको विकासका लागि एक सय करोड लगानी गर्ने घोषणा पनि गरेका थिए । उनले बुद्धिष्ट सर्किट र जैन सर्किट जोड्न चाहेको भन्दै यसले दुई देशको पर्यटन विकासमा सहयोग भन्दै दुई देशबीचको कला संस्कृतिको चर्चा विश्वस्तरमा हुने गरेको पनि बताए । मोदीले जनकपुर बसाईको चार घण्टामा अरु के के गरे ?

१. मोदीलाई ओली र ईश्वरको स्वागत

जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलले छुट्टा–छुट्टै स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा मोदीको स्वागत गरे भने रक्षामन्त्री पोखरेलले जनकपुर विमानस्थलमा । त्यस्तै विमानस्थलमै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदुत मन्जिवसिंह पुरी लगायतले पनि स्वागत गरेका थिए । 

२.षोडसोपचार विधिबाट विशेष पूजाअर्चना 

विमानबाट मोदि सिधै जनकपुरको जानकी मन्दिरपुगे । मोदीले त्याँहा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका थिए ।

मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । 

जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् ।  । षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन छ ।

३.पूजापछि रामायण सर्किट उद्घाटन

विमानस्थलमा ओर्लेर सिधै जानकी मन्दिर पुगेका मोदीले जनकी मन्दिरमा २० मिनेट बिताएका थिए । मोदीले जानकी मन्दिरमा ६ मिनेट पूजाआराधना गरेका थिए भने पुजापछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले जनकपुर अयोध्या सीधा बस सेवा सञ्चालनको शुभारम्भ गरेका थिए । त्यसपछि दुवै प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गरेका थिए ।  सम्बोधनका क्रममा मोदीले जानकी मन्दिरमा दर्शन गर्ने अवसर प्रदान गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरे ।

४.स्वागत गर्ने र लिने दुवै खुशी

जनपुरमा आफूलाई भव्य स्वागत गरिएको भन्दै उनले पटक पटक खुसी दोहोर्याए । मोदीले हिन्दीमा सम्बोधन गरे भने ओलीले नेपालीमा । मोदीले आफुले पाएको सम्मान सिंगो भारतबासीको भएको भन्दै रामायण जनकपुर अयोध्या बस सेवाले जनजनबीचको सम्बन्धका साथै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


प्रधानमन्त्री ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले नेपाल र भारतबीचको आर्थिक, सांस्कृतिक सम्बन्धमा थप बल पुग्ने बताए ।  

५.जानकी मन्दिरमा मोदीको सम्बोधनको अंश

एकादशीको पावन पर्वमा माता जानकीको चरणमा आउने मलाई सौभाग्य मिल्यो । भारतको प्रधानमन्त्रीको रुपमा आज जनकपुरमा राजा जनककी सुपुत्री माता जानकीलाई प्रणाम गर्ने सौभाग्य प्राप्त भयो । यो पनि ऐतिहासिक क्षण हो कि नेपालका आदरणीय प्रधानमन्त्री, मेरा भाइसा’ब आदरणीय ओलीजी मेरो स्वागतका लागि स्वयम् काठमाडौंबाट यहाँ आउनुभयो, स्वागत गर्नुभयो । माता जानकीको पूजाअर्चनाका लागि उत्तम प्रबन्ध गर्नुभयो । म नेपाल सरकार, राज्य सरकार, नगर सरकार र स्वयम् प्रधानमन्त्री ओलीजीलाई अन्तस्करणबाटै आभार प्रकट गर्दछु ।

नेपालले जुन स्वागत र सम्मान दिएको छ, यो हजारौँ वर्षदेखि चल्दै आएको परम्पराको सम्मान हो। सवा सय करोड हिन्दुस्तानीको सम्मान हो । आज मलाई आदरणीय प्रधानमन्त्री ओलीजीको साथमा यो भन्न पाउँदा असाध्यै खुसी लागेको छ कि, विश्वभर पर्यटन तीव्र गतिमा अघि बढिरहेको छ । पर्यटनको क्षेत्रमा सवैभन्दा बढी विकास भइरहेको छ । 

६.बाह्रविघामा अभिनन्दन, १२१ किलोको माला

जानकी मन्दिरको कार्यक्रमपछि मोदी नागरिक अभिनन्दनस्थल बाह्रविघा मैदान प्रस्थान गरे । बाह्रविघा मैदानमा उनलाई प्रदेश सरकार र विभिन्न संघ संस्थाले मायाको चिनो प्रदान गरेका थिए भने 

मोदीलाई प्रदेश २ को सरकारका तफृबाट १२१ किलोको मालाले स्वागत गरिएको थियो । सोही कार्यक्रममा जनकपुर उद्योग वाजिज्य संघले पनि १२१ किलोको मालाले स्वागत गरेको छ ।

मोदीको स्वागतमा आयोजना गरेको सो कार्यक्रममा त्यो मालाबाट स्वागत गरेको हो । 

त्यस्तै, प्रदेश सरकारले जानकी मन्दिरको तस्विर प्रदान गरेको थियो । त्याँहाका स्वागत र सम्मान कार्यक्रम भइरहँदा मञ्चमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता मातृका यादव, काँग्रेसका नेता विमलेन्द्र निधि लगायतका उपस्थिति थियो । 

७.बाह्र विघामा मोदीको सम्बोधन 

बाह्रविघामा अभिनन्दनपछि मोदीले सम्बोधन गरे । उनले आफ्नो भ्रमण प्रधानमन्त्रीको रुपमा नभई प्रधान तीर्थयात्रीका रुपमा भएको बताएका थिए । नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा सम्बोधन गरे भने त्यसपछि हिन्दीमा बोलेका थिए । उनले पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेपनि समय लागेको भन्दै उनले क्षमा पनि मागे । बाह्र विघा मैदानमा भएको कार्यक्रममा मोदीले लामो सम्बोधन गरेका थिए । त्यस क्रममा मोदीले प्रधानमन्त्री केपी शमो ओलीको ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सपना पूरा गर्न भारत सरकारको पूरा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री मोदीले गरिवी निवारण भारतको मुख्य लक्ष्य रहेकाले त्यसमा सहकार्य गरेर अघि बढने पनि बताए । मोदीले ‘बालबालिकाको पढाई, युवाको कमाई र वृद्धवृद्धाको दवाई’मा अभाव हुन नदिन आफूहरु लागि परेको पनि स्पष्ट पारे । ‘मोदीले नेपालसँग रेलमार्ग, जलमार्ग र हवाईमार्ग जोड्न चाहेको पनि स्पष्ट पार्नु भयो । दुई देशबीच कनेक्टिभिटीमा जोड दिइन्छ’ मोदीको भनाई थियो ।

८. एकसय करोड सहयोगको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनका क्रममा जनकपुरक्षेको विकासका लागि १ अर्ब सहयोग गर्ने घोषणा गरे ।

जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सहयोगको घोषणा गरेका हुन् । 

९.अयोध्या र जनकपुर जोड्ने प्रयास 

भारतीय प्रधानमन्त्रीले अयोध्या र जनकपुरलाई जोड्नका लागि आफू प्रयत्नशील रहेको भन्दै नेपाल सरकारको योजना अनुसार नै आफूले सहयोग गर्ने उनले बताए । 

जनकपुरक्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने भन्दै जनकपुर–जयनगर रेलमार्गको काम पनि तीब्रगतिमा भइरहेको उनले बताए । 

मोदीले भारतले शुरु गरेको नेबरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको आफ्नो सम्बोधनको क्रममा बताए ।  उनले नेबरहुड फस्टका कारण आफू नेपाल भ्रमणमा आएको बताए । 
भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडि बढीरहेको मोदीको बुझाई थियो । 

१०.एक वर्षमा तीन चुनावको प्रशंसा

मोदीले एक वर्षमा तीनवटा स्तरको चुनाव सम्पन्न गरेको भन्दै बधाई दिए । ‘नेपाल बधाईको पात्र रहेको छ’ मोदीको भनाई छ । उनले सातवटै प्रदेशमा सरकार पनि गठन भएको र यसले नेपाललाई मात्र नभएर भारतलाई पनि गर्व लागेको भन्दै खुशी व्यक्त गरे । नेपाल सामाजिक, आर्थिक समृद्धिका लागि नयाँ चरणमा प्रवेश गरेको उनले बताए । ‘जसरी म यहाँ पटक पटक आएको छु, त्यसरी दुई देशका जनता बेरोकटोक आउन पाउनुपर्छ ।’ उनले नेपालको राजनीतिक बुलेट छाडेर ब्यालेटमा आएको र युद्धको बाटो छाडेर बुद्धको बाटोमा लागेको प्रति खुशी पनि व्यक्त गरे ।

११.आगन्तुक पुस्तिकामा मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्राले विशेष महत्व राख्ने बताएका छन् । जनकपुरधामको यात्रा गर्ने आफ्नो धेरै पूरानो इच्छा भएको जनाउँदै मोदीले आफ्नो लागि यस भ्रमणको विशेष महत्व रहेको जनाएका हुन् ।

जानकी मन्दिरमा पूजा गरिसकेपछि मोदीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जनकपुरवासी र सवै नेपालीको शान्ति प्रगती र समृद्धिको शुभकामना दिएका हुन् । साथै मोदीले स्वागतको लागि जनकपुरवासी र नेपाल सरकारलाई आभार व्यक्त गरेका छन् ।

१२.प्रधानमन्त्री ओलीको नियन्त्रणमा भारतीय समकक्षी मोदी २ दिने नेपालको राजकीय भ्रमणमा शुक्रबार सवा १० बजे जनकपुर पुगेका थिए । जनकपुरको चार घण्टे कार्यक्रमपछि मोदी शुक्रबारै काठमाडौ उडेका छन् ।  

नेपालमा मोदीलाई कहाँ कहाँबाट छ सुरक्षा थ्रेट ?

मोदीको नेपाल भ्रमणः धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

जनकपुरलाई मोदीको उपहार : जनकपुरक्षेत्रको विकासका लागि १ अर्ब सहयोग

मोदीले भने–भारतको नेबरहुड फस्टमा नेपाल पहिलो प्राथमिकतामा

मोदीले जनकपुरवासीसँग मागे माफी

मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

आगन्तुक पुस्तिकामा मोदीले लेखेः मेरो धेरै पूरानो इच्छा पूरा भयो

जानकी मन्दिरमा षोडशोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री, हेर्नुहोस् तस्विर

नेपाली भाषामा मोदीले भने- प्रधान तीर्थयात्री भएर नेपाल भ्रमण आएको हुँ

जनकपुरमा मोदीको भजन (भिडियो)

मोदीलाई १२१ किलोको मालाले स्वागत

रक्षामन्त्रीले मोदीलाई स्वागत  गर्दै भने, ‘नेपाल–भारतको संवेदनशिलताप्रति सचेत छौ ’

‘मोदी भ्रमण’ बिरुद्ध रिले अनसन बसेका ९ जना प्रहरी नियन्त्रणमा

मोदीविरुद्व अखिल क्रान्तिकारीको ३६ घण्टे अनसन सुरु

मोदीको भ्रमण बिथोल्न खोज्ने ७ जना काठमाडौंबाट पक्राउ

नेपाली यात्रुलाई स्वागत गर्ने छन् योगी आदित्यनाथ

मोदी भ्रमणबारे जनता : मोदीले फेरि नाकाबन्दी नगरून्, हाम्रो सीमा नमिचियोस्

रामायण सर्किटको संयुक्त उद्घाटनपछि अभिनन्दनका लागि बाह्रबिघातर्फ मोदी

जनकपुरमा मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने : नेपाल खुशी भएको छ

प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी

मोदीका अभिनन्दनका लागि यसरी सिङ्गारियो सभागृह (फोटोफिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

मोदी तीर्थाटनको राजनीति

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

प्रधानमन्त्री मोदीको भ्रमणका लागि कस्तो छ काठमाडौंको सुरक्षा ?

प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी

मोदीका अभिनन्दनका लागि यसरी सिङ्गारियो सभागृह (फोटोफिचर)

जनकपुरमा हेलिकप्टरको सुरक्षा गस्ती

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

मोदी तीर्थाटनको राजनीति

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

प्रधानमन्त्री मोदीको भ्रमणका लागि कस्तो छ काठमाडौंको सुरक्षा ?

मोदी एयपोर्टमा झरेर जानकी मन्दिर प्रस्थान, स्वागत गर्न रक्षामन्त्री र मुख्यमन्त्री

निधीले मोदीलाई जनकपुरमा स्वागत गर्ने, देउवाले शनिवार भेट्ने

जनकपुरमा मोदीको स्वागत गर्नेहरु ‘भिआइपी’ को यस्तो छ नामावली

मोदीको नेपाल भ्रमणको सेरोफेरोमा

मोदीको स्वागतका लागि जनकपुर पुगे प्रधानमन्त्री ओली

रुट बदले मोदीले, दिल्लीबाट सिधै जनकपुर

मोदीले काठमाडौँमा आज क–कसलाई भेट्दैछन् ?

मोदी जाने मुक्तिनाथको के छ विशेषता ?

मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

लगानी नजुटेको अरुण तेस्रोको शिलान्यास गर्न ओली र मोदीलाई किन भयो हतार ?

यस्तो छ मोदीको भ्रमण तालिका

नेपाल भ्रमण अगाडि मोदीका तीन ‘ट्विट : भने के ?

जनकपुरमा यसरी भारतीय प्रधानमन्त्री मोदीको एउटा लामो समयदेखिको सपना पूरा हुँदैछ !

मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथमा आइसियू स्थापना

‘मोदीको भ्रमण स्वागतयोग्य’ : डा. कोइराला

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले मुलुक टुक्रिने आधार बनेको भन्दै आयो कडा विज्ञप्ति

रातोपाटी ग्राउण्ड : मोदी आउने मुक्तिनाथ र वरपर जे देखियो, २१ तस्बिरमा हेर्नुहाेस्

नाकाबन्दीबारे मोदीले क्षमायाचना गर्नु जायज हुन्छ : विवेकशील साझा

रातोपाटी ग्राउण्ड : मोदीकाे मुस्ताङ भ्रमणको यस्तो छ तयारी (फोटो फिचरसहित)

मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति ?

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि फेरिएको काठमाडौं (फोटोफिचर)

समाजिक सञ्जाल : गज्जबले मोदी–फाई भयो देश

मोदीको स्वागतका लागि यसरी गरियो खर्च, बजेट कति ?

मोदीको नेपाल भ्रमण : मिथिला नगरीमा भाषाको खिचडी

मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण

मोदीले नेपालीका लागि समृद्धि ल्याउँछन् भन्नु भ्रम हो

भारतीय सुरक्षाकर्मीको निगरानीमा  मोदीलाई अभिनन्दन  गर्ने मन्च बन्दै

मोदीसँग लम्पसार पर्ने कि शीर नझुकाएर कुरा गर्ने  ?

मोदी भ्रमणलाई लिएर खोक्रो राष्ट्रवादको कुरा गरेर हुँदैन – मन्त्री जितेन्द्र सोनलको अन्तर्वार्ता

नेपालमा भएका पुराना भारु के होला ? यसपालीको भ्रमणमा मोदीले समस्या सुल्झाउलान् ?

माइतीघरमा मण्डलामा प्रदर्शनः मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह

मोदीको स्वागत गर्न मुस्ताङको जंगलमा कुचो लगाउँदै प्रहरी

मोदीको भ्रमणबारे संसदलाई जानकारी

मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईका चटारो, हेरौं तस्विरमा

मोदीको नेपाल भ्रमणमा यी सात विषय उठाउनैपर्छ : पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अन्तरवार्ता

मोदीको भ्रमणले पार्टी एकीकरणमा ढिलाईः  माओवादी प्रवक्ता

हुरीले उडाए मोदीका स्वागतद्वार

प्रधानमन्त्री मोदीले जनकपुरमा ६ मिनेट पुजा गर्ने

मोदीको नेपाल भ्रमणः यस्तो बन्दैछ जनकपुरमा भव्य मञ्च (फोटोफिचर)

मोदीको नेपाल भ्रमण सफल बनाउन लागिपरेका छौः मन्त्री पण्डित

मोदीको नेपाल भ्रमण : यी मुद्दामा वार्ता गर्ने तयारीमा प्रधानमन्त्री ओली

ओली र मोदीले अरुण तेस्रोको उद्घाटन काठमाडौंबाटै गर्ने

मोदीको नेपाल भ्रमण : कर्नाटकको चुनाव प्रचार नेपालबाट !

मुक्तिनाथमा पनि मोदीको नागरिक अभिनन्दन, दुई दिनमा तीन वटा अभिनन्दन हुने

मोदी भ्रमणको तयारीमा मन्त्रीको दौडधूप

मोदीको नेपाल भ्रमण विकासका सन्दर्भमा कोशेढुंगा सावित हुन्छः मन्त्री ज्ञवाली

मोदीको भ्रमणको सदुपयोग गरौँः उपसभापति निधि

मन्त्रिपरिषद् बैठक : मोदीको नेपाल भ्रमण कार्यतालिका स्वीकृत

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवअधिकारवादी नेता रिजालको खुल्लापत्र

मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता

आमन्त्रण–पत्रमा मोदीको नामै बिग्रियो !

मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?

जनकपुरमा मोदीलाई स्वागत गर्दा मधेस र केन्द्रको राजनीतिमा के असर हुन्छ ?

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

भारतीय प्रधानमन्त्रीलाई काठमाडौं महानगरको कलात्मक साँचो हस्तान्तरण गरिने

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जानेछन् मोदी

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणः यसरी गरिदैछ तयारी

मोदीको भ्रमणमा बन्ला विराटनगरको भारतीय कार्यालय हटाउने एजेण्डा ?

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप