बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा यसरी भारतीय प्रधानमन्त्री मोदीको एउटा लामो समयदेखिको सपना पूरा हुँदैछ !

बिहीबार, २७ वैशाख २०७५, २० : १५
बिहीबार, २७ वैशाख २०७५

काठमाडौं– शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदैछन् । प्रधानमन्त्री मोदीको यो तेश्रो भ्रमण हो भने दोश्रो राजकीय भ्रमण हो । प्रधानमन्त्री मोदी शुक्रबार ९ बजेर ३० मिनेटमा दिल्लीबाट विहारको पटना विमानस्थलमा पुग्नेछन् । त्यहाँबाट उनी भारतीय वायू सेवाको विशेष हेलिकोप्टरबाट जनकपुर एयरपोर्टमा अवतरण गर्नेछन् । जनकपुर एयरपोर्टमा उनलाई रक्षामन्त्री इश्वर पोख्रेल  र २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

जनकपुर एयरपोर्टबाट मोदी सिधै जनकपुरस्थित जानकी मन्दिरमा पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी ओलीले उनको स्वागत गर्नेछन् । जानकी मन्दिरमा मोदीले विशेष पुजा गर्नेछन् । त्यसका लागि मोदीले करिब आधा घण्टाको समय खर्चिने जनाइएको छ । जानकी मन्दिरमा पुजारी पण्डित विश्वनाथसहित १२ जना पुजारीले मोदीलाई पुजा–अर्चना गर्नका लागि साथ दिनेछन् ।  

त्यसलगत्तै प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले रामायण सर्किटको महत्वपूर्ण घोषणा गर्नेछन् । मोदीले रामायण सर्किट बनाउन यसअघि देखिनै नेपालसमक्ष प्रस्ताव गर्दै आइरहेका थिए । उनको यो सपना नेपालको तेश्रो भ्रमणमा पूरा भएको छ ।

रामायण सर्किटका लागि जनकपुर यस्तो महत्वपूर्ण र ऐतिहासिक ठाउँ हो, जो हिन्दु धर्मशास्त्रअनुसार अयोध्यासँग जोडिन्छ । नेपालमा रहेको ऐतिहासिक नगरी जनकपुर र भारतमा रहेको अयोध्या राम, सीता र राजा जककको जीवनीसँग जोडिने गर्दछ । यही क्रममा दुवै देशका प्रधानमन्त्रीले जनकपुरदेखि अयोध्यासम्मको बससेवा हरियो झण्डा देखाएर सुरु गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदीले यही ऐतिहासिक प्रसंगसँग जोडेर रामायण सर्किट निर्माण गर्ने प्रस्ताव गरेका थिए । उनको यो सपना पूरा भएको छ । नेपालले यसमा उनलाई साथ दिएको जस्तो देखिएपनि यसले नेपाललाई पनि फाइदा गर्ने जानकारहरुको प्रतिक्रिया छ । यसले धार्मिक पर्यटकहरु भित्र्याउन मद्धत मिल्ने तर्क एकथरीको छ भने अर्कोथरीले यसलाई भारतले नेपालमाथि गर्ने हस्तक्षेपको नमुनाका रुपमा समेत लिन सक्ने आंकलन गरेका छन् । 
त्यसपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौं हुँदै मुस्ताङको मुक्तिनाथ दर्शनको भ्रमणमा निस्कनेछन् । त्योबीचमा दुवै देशका प्रधानमन्त्रीले अरुण तेश्रो जलविद्युत आयोजनाको उद्घाटन समेत गर्नेछन् । काठमाडौंमा उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राजनीतिक दलका शीर्ष नेताहरु लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप