मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला -जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन् ।
मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिएका छन् ।
सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्री यादवले यहाँका प्रत्येक पालिकाबाट प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउन निर्देशन दिएका हुन् ।
मन्त्री यादवले यहाँका सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा आउन हार्दिक निमन्त्रणा गरे ।
उनले मोदीको स्वागतका बेला जनकपुर आउने सवारीसाधन र व्यक्ति जनकपुरको कार्यक्रमस्थल बाह्रबिघा ९रंगभूमि० मा आउने रुटको बारेमा समेत प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी