रामायण सर्किटको संयुक्त उद्घाटनपछि अभिनन्दनका लागि बाह्रबिघातर्फ मोदी
शुक्रबार, २८ वैशाख २०७५, १२ : १६

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरमा पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि अभिनन्दनस्थल बाह्रबिघा मैदानतर्फ लागेका छन् ।
जानकी मन्दिरमा करिब २० मिनेट पूजा आरधनापछि जानकी मन्दिर परिसरमा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बससेवा (रामायण सर्किट) को उद्घाटन गरेका थिए ।
बस सेवाको उद्घाटन गर्दै दुवै देशका प्रधानमन्त्रीले दुई देशबीच र जनताबीच सम्बन्ध सुदृढ पार्र्ने विश्वास व्यक्त गरे ।
बाह्रविघा मैदानमा भारतीय प्रधानमन्त्रीलाई जनकपुर उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । त्यसपछि मोदी काठमाडौँका लागि प्रस्थान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू