बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सुरक्षाकर्मीको निगरानीमा  मोदीलाई अभिनन्दन  गर्ने मन्च बन्दै

बिहीबार, २७ वैशाख २०७५, ११ : ३६
बिहीबार, २७ वैशाख २०७५

जनकपुर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्न विशेष मन्च निर्माण भइरहेको छ । मोदीलाई शुक्रबार जनकपुरको बाह्रविघामा नागरिक अभिनन्दन गरिँदैछ ।   

भारत विहारको एक कम्पनीले सो मञ्च बनाउनका लागेको हो । अत्याधुनिक भनिएको मञ्चमै ट्वाइलेट वाथरुम, आराम कक्ष, भेटघाट कक्ष, सुरक्षा कक्ष, बैठक कक्षलगायतका रहने बताइएको छ ।

नेपालमा यसअघि यस्तो मञ्च बनेको थिएन । मञ्च व्यवस्थापनका संयोजक राष्ट्रिय जनता पार्टी नेपालका महासचिव समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेपालमा आफूले यसखालको मञ्च कहिल्यै नदेखेको बताए ।

उनले आफूले जानकारी पाए अनुसार ८० लाखमा मञ्च बनाउने टेण्डर भएको बताए ।

जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहले मञ्च व्यवस्थापनको जिम्मेवरी प्रदेश सरकारको भएकाले कति लागतमा कस्तो बनाइरहेको छ त्यो आफूलाई थाह नभएको बताए । यद्यपी मञ्च भव्य बनिरहको उनले बताए । 

भारतीय सुरक्षाकर्मीको विशेष निगरानीमा तयार भइरहेको सो मञ्चको बारेमा थप जानकारी दिन दिइएको छैन ।  मञ्च निर्माणको जिम्मेवारी पाएका एकजना भारतीय ठेकेदारले मञ्चको बारेमा केही जानकारी दिने अधिकार आफूलाई नदिएको बताए ।

बाह्रविघाको दक्षिण कुनामा उत्तरतिर फर्केर मञ्च राखिएको छ । अभिनन्द ग्रहण गर्नका लागि प्रधानमन्त्री मोदी वाह्रविघाको दक्षिणगेटबाट प्रवेश गर्नेछन् भने सर्वसाधारण उत्तर तिरको प्रवेशद्धारबाट प्रवेश गर्नेछन् । अभिनन्दन कार्यक्रममा सहभागी हुन आउनका लागि वाटर प्रुफ टेन्टको व्यवस्था गरिएको छ । बस्नका लागि ५० हजार कुर्सीको समेत व्यवस्था गरिएको छ । 

एकलाख भन्दा बढी जनता अभिनन्दन कार्यक्रममा उतार्ने प्रदेश सरकार र स्थानीय सरकारको योजना रहेको छ । त्यसका लागि गाउँ गाउँबाट जनता ओसार्ने भनि बस र ट्याक्टरको व्यवस्था गरिएको  छ । कार्यक्रममा सहभागी हुनका लागि आठवटै जिल्लामा माइकिङ् भइरहेको छ । एफएमहरुबाट प्रचार गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप