बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले भने–भारतको नेबरहुड फस्टमा नेपाल पहिलो प्राथमिकतामा

शुक्रबार, २८ वैशाख २०७५, १३ : ५१
शुक्रबार, २८ वैशाख २०७५

जनकपुर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले शुरु गरेको नेबरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।  

उनले नेबरहुड फस्टका कारण आफू नेपाल भ्रमणमा आएको बताए । 

भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडि बढीरहेको उनले बताए । 

एक वर्षमा तीन स्तरको चुनाव सम्पन्न गर्नु नेपाल बधाईको पात्र रहेको बताए । 

उनले सातवटै प्रदेशमा सरकार पनि गठन भएको र यसले नेपाललाई मात्र नभएर भारतलाई पनि गर्व लागेको बताए ।

नेपाल सामाजिक, आर्थिक समृद्धिका लागि नयाँ चरणमा प्रवेश गरेको उनले बताए । 

‘जसरी म यहाँ पटक पटक आएको छु, त्यसरी दुई देशका जनता बेरोकटोक आउन पाउनुपर्छ ।’

उनले नेपालको राजनीतिक बुलेट छाडेर ब्यालेटमा आएको र युद्धको बाटो छाडेर बुद्धको बाटोमा लागेको प्रति खुशी पनि व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप