बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मङ्गलबार, १८ वैशाख २०७५, १३ : २८
मङ्गलबार, १८ वैशाख २०७५

एसके यादव

काठमाडौं -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने भएपछि राज्यसंयन्त्र त्यसको तयारीमा लागेका छ ।

वैशाख २८ गते दिल्ली हुँदै विहारको राजधानी पटना र त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउने नरेन्द्र मोदीको स्वागतका लागि प्रदेश २ को सरकार पनि पुरै तयारीमा लागेको छ । त्यसको तयारीका लागि विभिन्न समितिसमेत बनाएको छ ।

मूल तयारी समिति, मञ्च व्यवस्थापन समिति, अर्थ समिति, सुरक्षा व्यवस्था समिति, जनपरिचालन समिति, सरसफाई व्यवस्थापन समितिलगायत विभिन्न समिति बनाएर भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारी भइरहेको छ ।

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार पटनाबाट बिहान नौ बजे जनकपुर आएपछि मोदीले जानकी मन्दिरमा विशेष पूजा गर्नेछन् । 

त्यसपछि प्रदेश सरकारले आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रमका लागि बाह्रबिघामा जानेछन् । गृहमन्त्री रामबहादुर थापाका अनुसार त्यसदिन प्रधानमन्त्री केपी ओली पनि जनकपुर जानेछन् । 

अभिनन्दनपछि सानो मन्तव्यपछि सीधै हेलिकप्टरबाट मुस्ताङको मुक्तिनाथ दर्शनका लागि जानेछन् ।

मुक्तिनाथको दर्शनपछि मात्र काठमाडौं आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

मोदीको भ्रमणले जनकपुरमा प्रभाव

प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई ऐतिहासिक भ्रमणका रूपमा लिएको छ । सो भ्रमणले जनकपुर अर्थात् प्रदेश २ लाई चारवटा फाइदा हुने बताइएको छ ।

पूर्वराजदूत एवम् मधेस मामलाका जानकार विजयकान्त कर्ण भन्छन्, ‘पहिलो कुरा त प्रदेश २ प्रति विश्वको ध्यान केन्द्रित हुन्छ । दोस्रो कुरा, जनकपुर पर्यटकीय तथा धार्मिक स्थल हो भनेर विश्वमा परिचित हुनेछ । तेस्रो कुरा, मधेस आन्दोलनका कारण चर्चामा रहेको प्रदेश नं. २ ले सङ्घीयताका लागि दिएको योगदान पनि विश्वसामु परिचित हुनेछ । चौथो कुरा, विकासका सम्भावनाका बाटो पनि खुला हुनेछ ।’

मोदी मे २१ मा नेपाल भ्रमण आउने

प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्ने मिति तय गरेपछि नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी त्यसको जानकारी गराउन वैशाख ९ गते जनकपुर पुगेका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणको बारेमा पुरीले ब्रिफिङ गर्दा पूर्वराजदूत कर्ण पनि उपस्थित थिए ।

प्रधानमन्त्री मोदीको भ्रमणले प्रदेश २ को सरकार निकै खुशी रहेको बताउँदै कर्णले यसले प्रदेशको हरेक क्षेत्रमा प्रभाव पार्ने उनले बताए ।

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

राजदूत पुरीले भ्रमणको बारेमा जानकारी गराउँदा मुख्यमन्त्री राउतले खुशी व्यक्त गर्दै भनेका थिए, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको भ्रमण गर्नु भनेको प्रदेश सरकारका लागि धेरै खुशीको कुरा हो । उहाँको स्वागतका लागि सरकारले आफ्नो क्षमता अनुसार कुनै कसर बाँकी राख्ने छैन र यो ऐतिहासिक भ्रमण हुनेछ ।’

सो अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिरका साथै प्रदेश २ मा अन्य ऐतिहासिक ठाउँहरू पनि हेर्न लायक भएको बताए । यदि प्रधामन्त्री मोदीले अवलोकन गर्ने इच्छा देखाउन चाहनुभयो भने त्यसको पनि व्यवस्था गर्ने प्रस्ताव गरेका थिए ।

त्यसका जवाफमा पुरीले अहिलेलाई दुईवटा कार्यक्रम मात्र रहेको र प्रधानमन्त्री मोदीले कुनै इच्छा देखाएमा जानकारी गराउने कुरा राखेका थिए ।

मोदीबाट घोषणा हुने सम्भावना

मोदी भ्रमणको तयारी चलिरहँदा केही ठूलै परियोजना वा कार्यक्रम घोषणा गर्ने कुनै औपचारिक जानकारी नआएको प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी गराए । उनले भने, ‘प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा कुनै लेनदेनका कुरा हुँदैन । अतिथि देवो भवः । हाम्रा लागि उहाँ अतिथि हुनुहुन्छ । हामीले सक्दो स्वागत गर्छौं । उच्च सम्मान गर्छौं ।’

नागरिक अभिनन्दनपछि दुई नम्बर प्रदेशका जनतालाई सम्बोधन गर्नका लागि मोदीलाई सरकारको तर्फबाट आग्रह हुनेछ । सो आग्रहका क्रममा प्रदेशका लागि केही घोषणा गर्न सक्छन् तर त्यसको कुनै योजना वा जानकारी कसैलाई छैन ।

मोदी–सी बैठकको भित्रीकथा

जनकपुरमा रहेका प्रध्यापक डा. सुरेन्द्र लाभले भने, ‘नरेन्द्र मोदीको विगतको क्यारेक्टरको आधारमा कुरा गर्ने भने उहाँले आफ्नो भाषणको क्रममा केही न केही घोषणा गर्नुहुनेछ भनी अनुमान मात्र लगाउन सकिन्छ । उहाँ ‘सरप्राइज’ दिनमा माहिर हुनुहुन्छ । तर विकासका लागि केही दिनुहुन्छ, गर्नुहुन्छ भनी कुनै कुरा औपचारिक रूपमा सुनिएको छैन । अनुमान मात्र लगाउन सकिन्छ ।’

मन्त्री सोनलले भने, ‘सम्भावनालाई नकार्न सकिँदैन ।’

प्रध्यापक लाभका अनुसार विकासका लागि कुनै परियोजना अथवा केही घोषणा नगरे पनि प्रदेश दुईलाई राजनीतिक, समाजिक, धार्मिक रूपमा फाइदा अवश्य हुन्छ । जनकपुर अर्थात प्रदेश २ लाई नचिनेका विश्वले पनि जान्नेछ । हिन्दु धर्मका हिसाबले भारतीय पर्यटकको आकर्षण जनकपुरप्रति बढ्नेछ ।

जनकपुर हेर्नका लागि विश्वका पर्यटकहरूको ध्यानाकर्षण हुनेछ ।

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

विहार हुँदै जनकपुर आउनुको स्वार्थ

भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट सीधै काठमाडौं आएर जनकपुर पनि जान सक्थे । तर, उनले रणनीतिक रूपमा विहारको बाटो रोजेका हुन् । उनले मधेस र विहारको सम्बन्धलाई जोड्नका लागि यस्तो गरेको जानकारहरू बताउँछन् ।

अबको एक वर्षपछि भारतमा चुनाव हुँदैछ अर्थात सन् २०१९ मा हुने चुनावका लागि मोदीको तयारी अहिलेदेखि देखिएको बताइन्छ । नेपालको सीमामा रहेको विहार चुनावका लागि नेपाल ठूलो फ्याक्टर हो । खासगरी मधेस भारतीय चुनावका बेला ठूलो फ्याक्टर बनेको हुन्छ । त्यसलाई मध्यनजर गरेर मोदीले यो कनेक्सन जोड्न लागेका हुन् ।

नेपाल आउन किन हतारिए मोदी ?

मोदी विहार हुँदै सीधै दुई नम्बर प्रदेश २ प्रवेश गरेमा विहार र प्रदेश दुईको कनेक्सन जोडिनेछ । जुन मोदीका लागि निकै महत्वपूर्ण उपलब्धि हो ।

प्रध्यापक लाल भन्छन्, ‘मोदी हिन्दु धर्मप्रति आस्था राख्ने प्रधानमन्त्री हुनुहुन्छ । जनकपुर हिन्दुका लागि आस्थाको केन्द्र हो र विहारमा पनि हिन्दुधर्मप्रति आस्था राख्नेहरू छन् । त्यही भएर त्यसलाई जोड्नका लागि मोदीको जनकपुर भ्रमण महत्वपूर्ण हुनेछ ।’

सन् २०१४ सार्क सम्मेलनमा भाग लिन आउँदा मोदीले जनकपुरको भ्रमण गर्ने इच्छा देखाएका थिए । त्यतिबेला पनि उनले पटनाबाट सडकको बाटो हुँदै जनकपुर आउने तयारीमा थिए ।

पटनादेखि जनकपुरसम्मको सडक पनि त्यही अनुसारको मर्मत पनि भएको थियो ।

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

तर अन्तिममा आएर सुरक्षाको कारण देखाउँदै जनकपुर भ्रमणस्थगित गरिएको थियो ।

यस पटक नेपाल भ्रमणको तयारी गर्दा उनले पहिलो प्राथमिकतामा जनकपुरमा राखेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको बेला मोदीले नेपालको भ्रमण गर्दा जनकपुर अवश्यक जाने जिकिर त्यही गरेका थिए ।

त्यसको जवाफमा ओलीले यस पटक जनकपुरको भ्रमण कुनै पनि हालतमा गराउने प्रतिबद्धता जनाएका थिए ।

तयारी
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि भारती सुरक्षा अधिकारीहरू जनकपुरमा बसिरहेका छन् । सुरक्षाको अवस्थाको अध्ययन गरी दैनिक रूपमा त्यसको विश्लेषण गरी त्यसका रिपोर्ट दिल्ली पठाइरहेका छन् ।

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

गृहमन्त्री रामबहादुर थापा बादल सुरक्षा बारे जानकारी लिनका लागि आज जनकपुर पुगेका छन् । भोलि अर्थात बुधबार भारतका सुरक्षा अधिकारी तथा नेपालका सुरक्षा अधिकारीबीच जनकपुरमा छलफल हुने बताइएको छ ।

पटनाबाट मोदीले तीनवटा हेलिकप्टर लिएर जनकपुर आउनेछ भने उनले आफ्नै विशेष कार जनकपुरमा प्रयोग गर्ने बताइएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप