बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले काठमाडौँमा आज क–कसलाई भेट्दैछन् ?

शुक्रबार, २८ वैशाख २०७५, ०९ : ५३
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौँ । दुई दिने राजकीय भ्रमणमा शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिन उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।  

भारतीय वायुसेनाको हेलिकोप्टरबाट शुक्रबार सवा १० बजे जनकपुर विमानस्थलमा ओर्लिएपछि जानकी मन्दीरमा पुजा र नागरिक अभिनन्दन सकेर काठमाडौ आउने छन् । 

दिउँसो १ः३० बजे काठमाडौं आइपुग्ने मोदी सिधै बौद्धस्थित हायात होटल पुग्नेछन् । 

होटलमा केहीबेर आरामपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ उनलाई नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम राखिएको छ ।

त्यसपछि मोदी उच्चस्तरीय राजनीतक भेटघाटमा सहभागि हुने छन् । मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग पाँच बजे भेटवार्ता गर्नेछन् ।

उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा अपरान्ह ५ बजेका लागि भेटवार्ताको समय तय गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपतिसँगको भेटवार्तासकिएपछि मोदी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्न शीतलनिवास पुग्नेछन् । 

राष्ट्रपति भण्डारीसँगको भेटबार्तालगत्तै उनी गौशालास्थित होटल द्वारिकाज जानेछन् । होटल द्वारिकाजमा भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच भेटबार्ता हुनेछ । मोदीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारै होटल द्वारीकाजमै रात्रिभोजको आयोजना गरेका छन् । 

द्वारिकाजको रात्रिभोजमा सहभागी भएर मोदी पुनः हायातमा रात कटाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप