हुरीले उडाए मोदीका स्वागतद्वार

जनकपुरधाम - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार भत्किएको छ ।
धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएका हुन् ।
बुधबार बिहान साढे ३ बजेतिर हावा–हुरीले चलेको थियो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको हो ।
अन्य क्षति
-धनुषासँगै महोत्तरी लगायत तराइमा बुबार बिहान आएको हावाहुरीले आँपमा क्षति पुर्याएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् ।
-हावाहुरीले केही स्थानमा स्थानीयको घरको छानो उडाएको छ साथै, रुखहरु ढलेका छन् ।
-कतिपय स्थानमा बिजुलीका पोलहरु ढलेका छन् । जसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
-महोत्तरीको बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल हुरीले उडाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी