बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?

आइतबार, २३ वैशाख २०७५, १५ : ११
आइतबार, २३ वैशाख २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट शुरु गर्ने नेपाल भ्रमणबारे सत्तारुढ दल एमाले उपाध्यक्ष भीम रावलले प्रश्न उठाएका छन् ।

मोदीलाई प्रदेश नम्बर दुईको राजधानी जनकपुरले स्वागत गर्ने भव्य तयारी गरिरहँदा रावलले नेपालको विदेश नीति केन्द्रले हेर्ने वा प्रदेशले हेर्ने भन्दै प्रश्न उठाएका हुन् ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिएको समाचार प्रकाशन भएको थियो ।

नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्ने समाचारमा उल्लेख थियो । सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने पनि बताइएको थियो । 

यसमा प्रतिक्रिया जनाउँदै पूर्व गृहत था रक्षामन्त्रीसमेत रहेका नेता रावलले समाजिक सञ्जालमा लेखेका छन्, 

भारतीय प्रमको जनकपुर भ्रमणका बेला दिइने अभिनन्दनपत्र चार भाषामा हुने भन्ने समाचार सत्य हो भने त्यो नेपालको बिदेश समबंध केन्द्रले हेर्ने र सरकारी कामकाजको भाषा नेपाली हुने संविधानको प्रावधान विपरीत छ । या अंग्रेजीमा हुनुपथ्र्याे । देशलाई भाषामा विभाजित किन देखाऊनु पर्ने ?’

बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका छन् । 

यता, मोदीको जनकपुर भ्रमणले केन्द्रीय सिन्डिकेट तोडेको मधेश मामलाका जानकारहरू बताउँछन् ।

यसअघि जति पनि भारतीय प्रधानमन्त्री वा राष्ट्रपतिहरू आए, उनीहरू काठमाडौँ हुँदै जनकपुरलगायत अन्यत्र गएका थिए ।

तर यस पटक भने त्यो सिन्डिकेट प्रदेश दुईका सरकारले तोडेको उनीहरुको बुझाई छ ।

यसले केन्द्रका लागि चुनौती थपेका उनीहरु ठान्छन् ।

प्रधानमन्त्री मोदीको जनपुर भ्रमणलाई प्रदेश २ का सरकार तथा स्थानीय सरकारले अवसरका रूपमा लिएका छन् । प्रधानमन्त्री मोदीले पनि प्रादेश २ अर्थात् मधेसलाई प्राथमिकतामा राखेको भन्दै उत्साहित हुँदै उनीहरु त्यसको तयारीमा जुटेका छन् ।

मोदीको जनकपुर भ्रमणको केन्द्र र प्रदेशमा पर्ने असरबारेबारे विस्तृत समाचार यहाँ पढ्नुहोस्

जनकपुरमा मोदीलाई स्वागत गर्दा मधेस र केन्द्रको राजनीतिमा के असर हुन्छ ?

मोदी भ्रमणबारे थप समाचार

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

भारतीय प्रधानमन्त्रीलाई काठमाडौं महानगरको कलात्मक साँचो हस्तान्तरण गरिने

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जानेछन् मोदी

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणः यसरी गरिदैछ तयारी

मोदीको भ्रमणमा बन्ला विराटनगरको भारतीय कार्यालय हटाउने एजेण्डा ?

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप