मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट शुरु गर्ने नेपाल भ्रमणबारे सत्तारुढ दल एमाले उपाध्यक्ष भीम रावलले प्रश्न उठाएका छन् ।
मोदीलाई प्रदेश नम्बर दुईको राजधानी जनकपुरले स्वागत गर्ने भव्य तयारी गरिरहँदा रावलले नेपालको विदेश नीति केन्द्रले हेर्ने वा प्रदेशले हेर्ने भन्दै प्रश्न उठाएका हुन् ।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिएको समाचार प्रकाशन भएको थियो ।
नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्ने समाचारमा उल्लेख थियो । सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने पनि बताइएको थियो ।
यसमा प्रतिक्रिया जनाउँदै पूर्व गृहत था रक्षामन्त्रीसमेत रहेका नेता रावलले समाजिक सञ्जालमा लेखेका छन्,
भारतीय प्रमको जनकपुर भ्रमणका बेला दिइने अभिनन्दनपत्र चार भाषामा हुने भन्ने समाचार सत्य हो भने त्यो नेपालको बिदेश समबंध केन्द्रले हेर्ने र सरकारी कामकाजको भाषा नेपाली हुने संविधानको प्रावधान विपरीत छ । या अंग्रेजीमा हुनुपथ्र्याे । देशलाई भाषामा विभाजित किन देखाऊनु पर्ने ?’
बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका छन् ।
यता, मोदीको जनकपुर भ्रमणले केन्द्रीय सिन्डिकेट तोडेको मधेश मामलाका जानकारहरू बताउँछन् ।
यसअघि जति पनि भारतीय प्रधानमन्त्री वा राष्ट्रपतिहरू आए, उनीहरू काठमाडौँ हुँदै जनकपुरलगायत अन्यत्र गएका थिए ।
तर यस पटक भने त्यो सिन्डिकेट प्रदेश दुईका सरकारले तोडेको उनीहरुको बुझाई छ ।
यसले केन्द्रका लागि चुनौती थपेका उनीहरु ठान्छन् ।
प्रधानमन्त्री मोदीको जनपुर भ्रमणलाई प्रदेश २ का सरकार तथा स्थानीय सरकारले अवसरका रूपमा लिएका छन् । प्रधानमन्त्री मोदीले पनि प्रादेश २ अर्थात् मधेसलाई प्राथमिकतामा राखेको भन्दै उत्साहित हुँदै उनीहरु त्यसको तयारीमा जुटेका छन् ।
मोदीको जनकपुर भ्रमणको केन्द्र र प्रदेशमा पर्ने असरबारेबारे विस्तृत समाचार यहाँ पढ्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण