मोदीको भ्रमणको सदुपयोग गरौँः उपसभापति निधि
सोमबार, २४ वैशाख २०७५, १८ : ०३

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का आयोजनामा सहयोग केन्द्रित गरी सदुपयोगको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
फरक प्रसंगमा उपसभापति निधिले प्रदेश नं २ को प्रदेशसभामा नेपाली काँगेसलाई प्रतिपक्षी दलको मान्यता नदिएर प्रदेश सरकारले अधिनायकवादी शैली प्रस्तुत गरिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने