मोदीको भ्रमणको सदुपयोग गरौँः उपसभापति निधि
सोमबार, २४ वैशाख २०७५, १८ : ०३
जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का आयोजनामा सहयोग केन्द्रित गरी सदुपयोगको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
फरक प्रसंगमा उपसभापति निधिले प्रदेश नं २ को प्रदेशसभामा नेपाली काँगेसलाई प्रतिपक्षी दलको मान्यता नदिएर प्रदेश सरकारले अधिनायकवादी शैली प्रस्तुत गरिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण