माइतीघरमा मण्डलामा प्रदर्शनः मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह
काठमाडौं– नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह गरेका छन । बुधबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन । नाकाबन्दी जस्तो मानवीय संकट निम्त्याउने काम गरेका मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने नागरिक समाजका अगुवाहरुको तर्क छ ।
नागरिक समाजका अगुवा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नाकाबन्दीको क्षयायाचना समेत नगरेका भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने बताए । उनले मोदीलाई सरकारले हार्दिकतापूर्वक स्वागत गर्न भने उपयुक्त हुने सुझाव पनि दिए । नागरिक समाजका अगुवाहरुले नाकाबन्दीबाट पुगेको आर्थिक क्षति भारतले ब्यहोर्नुपर्ने पनि बताएका छन् ।
नागरिकको पीडा कायमै रहेको अवस्थामा मोदीलाई नागरिक अभिनन्दन गर्ने कुरा आफूहरुलाई मान्य नहुने उनीहरुको धारणा छ । भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी शुक्रबार नेपालको राजकीय भ्रमणका लागि आउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण