माइतीघरमा मण्डलामा प्रदर्शनः मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह

काठमाडौं– नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह गरेका छन । बुधबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन । नाकाबन्दी जस्तो मानवीय संकट निम्त्याउने काम गरेका मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने नागरिक समाजका अगुवाहरुको तर्क छ ।
नागरिक समाजका अगुवा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नाकाबन्दीको क्षयायाचना समेत नगरेका भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने बताए । उनले मोदीलाई सरकारले हार्दिकतापूर्वक स्वागत गर्न भने उपयुक्त हुने सुझाव पनि दिए । नागरिक समाजका अगुवाहरुले नाकाबन्दीबाट पुगेको आर्थिक क्षति भारतले ब्यहोर्नुपर्ने पनि बताएका छन् ।
नागरिकको पीडा कायमै रहेको अवस्थामा मोदीलाई नागरिक अभिनन्दन गर्ने कुरा आफूहरुलाई मान्य नहुने उनीहरुको धारणा छ । भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी शुक्रबार नेपालको राजकीय भ्रमणका लागि आउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
-
तस्बिरमा संसद् बैठक : राप्रपाको बहिष्कारदेखि रास्वपाको पलेँटी कसेर विरोधसम्म