मोदीलाई १२१ किलोको मालाले स्वागत
शुक्रबार, २८ वैशाख २०७५, १३ : १३
जनकपुर– जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदेश २ का सरकारले १ सय २१ किलोको मालाले स्वागत गरेको छ । त्यस्तै, जनकपुर उद्योग वाजिज्य संघले पनि १ सय २१ किलोको मालाले स्वागत गरेको छ ।
जनकपुर उपमहानगरपालिकाले मोदीको स्वागतमा आयोजना गरेको सो कार्यक्रममा त्यो मालाबाट स्वागत गरेको हो ।
त्यस्तै, प्रदेश सरकारले जानकी मन्दीरको तस्विर प्रदान गरेको छ । यी स्वागत र सम्मान कार्यक्रममा मञ्चमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता मातृका यादव, काँग्रेसका नेता विमलेन्द्र निधि लगायतका उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण