बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी भ्रमणको तयारीमा मन्त्रीको दौडधूप

सोमबार, २४ वैशाख २०७५, १३ : ५५
सोमबार, २४ वैशाख २०७५

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते काठमाडौं आउने भएका छन् । 

यसका लागि सरकारले तयारी तिव्र पारेको छ । 

मोदीको भ्रमणकै तयारीका लागि रक्षामन्त्री इश्वर पोखरेलले मुस्ताङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनकपुर पुगेर तयारीवारे जानकारी लिएका छन् । 

परराष्ट्रमन्त्री ज्ञवाली सोमवार जनकपुर पुगेका छन् भने रक्षामन्त्री पोखरेल शनिवार मुस्ताङ गएका थिए । 

वैशाख २८ गते मोदी जनकपुरबाट दुई दिने नेपाल भ्रमणको शुरु गर्देछन् । प्रधानमन्त्री मोदीलाई सोही दिन स्थानीय टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ । 

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नेछन् । 

साथै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् । 

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् । 

नेपालमा रहँदा प्रधानमन्त्री मोदीले मुक्तिनाथको भ्रमण गर्नेछन् । 

मोदीले मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा बिताउने छन् । 

साथै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उनको नागरिक अभिनन्दन गर्नेछन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । 

सन् २०१४ मा उनी दुई पटक नेपालको भ्रमणमा आएका थिए । 

मोदी भ्रमणबारे थप समाचार

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवअधिकारवादी नेता रिजालको खुल्लापत्र

मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता

आमन्त्रण–पत्रमा मोदीको नामै बिग्रियो !

मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?

जनकपुरमा मोदीलाई स्वागत गर्दा मधेस र केन्द्रको राजनीतिमा के असर हुन्छ ?

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

भारतीय प्रधानमन्त्रीलाई काठमाडौं महानगरको कलात्मक साँचो हस्तान्तरण गरिने

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जानेछन् मोदी

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणः यसरी गरिदैछ तयारी

मोदीको भ्रमणमा बन्ला विराटनगरको भारतीय कार्यालय हटाउने एजेण्डा ?

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप