बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

बिहीबार, २० वैशाख २०७५, १९ : २६
बिहीबार, २० वैशाख २०७५

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक आज सम्पन्न भएको छ । 

बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता थियो । उनीहरुले खुला सिमानाका कारण धेरै चुनौती रहेकाले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिए । 

आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । 

उनले यहाँका होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल भएको जानकारी दिए । मन्त्री यादवले सो छलफलमा भारतीय सुरक्षा अधिकारीहरुको समेत सहभागिता रहेको बताए । 

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा कुनै पनि अवाञ्छनीय क्रियाकलाप नहोस् भनेर सुरक्षा निकायलाई कडा निर्देशन दिइएको जानकारी दिँदै मन्त्री यादवले सबै तहका सुरक्षा निकायका प्रमुख तथा मातहतका सुरक्षा निकाय सतर्क हुनेबारे छलफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप