नाकाबन्दीबारे मोदीले क्षमायाचना गर्नु जायज हुन्छ : विवेकशील साझा
काठमाडौँ । विवेकशील साझा पार्टीले नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दी अमानवीय र अन्तर्राष्ट्रिय कानून प्रतिकूल रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा स्मरण गराएको छ ।
विदेश विभाग प्रमुख डा. दिनेश प्रसाईंले प्रकाशित गरेको विज्ञप्तीमा राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठुलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना भएको औल्याइएको छ ।
‘नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनभिज्ञ छैन । प्रधानमन्त्री मोदीको राजकीय भ्रमणको यो महत्त्वपूर्ण अवसरमा उनले त्यति बेला नेपालीको मनमा पुर्याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुन्छ भन्ने हाम्रो धारणा हो,’ विज्ञप्तीमा भनिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ गते हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचमा कतिपय विषयमा देखिएको अविश्वास हटाउन सहयोग पुग्ने विवेकशील साझाले जनाएको छ । नेपाल सरकारको निम्तोमा आउन लागेका भारतीय प्रधानमन्त्रीलाई अतिथीको रुपमा स्वागत गरिने विवेकशील साझाले जनाएको छ ।
जानकी र मुस्ताङको मुक्तिनाथ मन्दिरमा मोदीको धार्मिक अनुष्ठानले विश्वभर र विशेष गरी भारतीय जनता समक्ष यी दुवै स्थानको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पुर्याउने विवेकशील साझा पार्टीको विश्वास छ । प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको जनाइएको छ । भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्गबाट टीकाटिप्पणी नगर्न आग्रह गरिएको छ ।
सीमा तथा सीमा क्षेत्रका भारतीय बाँधले उत्पन्न गरेको बाढी लगायतका विवादका विविध मुद्दाहरूको निरूपण गर्न पनि पारस्पारिक सम्मानका आधारमा दुवै देशका सरकारबाट पहल गर्न सुझाव दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण