मोदीको भ्रमणबारे संसदलाई जानकारी
काठमाडौं– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे जानकारी गराएका हुन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीले बैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्न लागेको सदनलाई जानकारी गराएका हुन् । सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले २८ गते नै राष्ट्रपति उपराष्ट्रपतिबीच भेटवार्ता गर्ने, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता गर्ने कार्यतालिका रहेको जानकारी दिए । साथै अरुण तेश्रोको दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
यसअघि बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले मोदी भ्रमणबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद प्रेम सुवालले मोदीको भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको दलिय बैठकमा सबै दलहरुलाई निम्ता नगरिएको र मोदी सिधै २ नम्बर प्रदेश जाने भन्ने सवालमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए । कुनै पनि छिमेकी देशका प्रधानमन्त्रीको भ्रमणका क्रममा पहिला राजधानी आउनुपर्ने भन्दै उनले पहिला जनकपुर जानुको कारण माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण