बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

समाजिक सञ्जाल : गज्जबले मोदी–फाई भयो देश

बिहीबार, २७ वैशाख २०७५, १४ : ००
बिहीबार, २७ वैशाख २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर सामाजिक सञ्जालहरुमा व्यापक विरोध सुरु भएको छ । जसले गर्दा ह्यासट्याग ‘ब्लकेड वा क्राइम मिस्टर मोदी’ भनेर ट्वीटरमा यतिबेला ट्रेन्डिङ छ । 

मोदी यहि बैशाख २८ गतेबाट २ दिने भ्रमणमा नेपाल आउँदै छन् । उनको स्वागतमा विभिन्न ठाउँमा स्वागतद्वार बनाइएका छन् भने जनकपुर र काठमाडौँ अभिनन्दनको तयारी भएको छ । 

२०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्प गएपछि नेपालले आफ्नो ईच्छा विपरित संविधान जारी गरेको भन्दै भारतले नाकाबन्दी लगाएको थियो । यद्यपि, भारतले त्यो कुरालाई नकार्दै आइरहेको छ । 

नाकाबन्दीको समय भारतप्रति नेपाली आक्रोशित थिए । त्यही आक्रोशलाई तत्कालिन प्रधानमन्त्री केपी ओलीले ‘क्यास इन’ गरे । उनी भारतविरुद्ध खडा भए, चीनसँग पारवाहन सम्झौता गरे । आफ्नो पूरानो इमेज भत्काउँदै राष्ट्रवादी क्षवि कायम गर्न सफल भए ।

अहिले फेरि ओली नेपालको प्रधानमन्त्री छन् । उनैले भारतीय प्रधानमन्त्रीलाई नेपाललाई स्वागत गर्दैछन् । मोदी नेपाल भ्रमण आउने भएपछि सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको छ । 

महेश क्षेत्रीले ट्वीट गदै लेखेका छन् – ९ हजार भन्दा माथि मान्छेहरु दिवँगतभएका थिए,भाइतेहरुको संख्या त्यस्तै कहाली लाग्दो थियो, खेती हुन सकेको थिएन, बस्ने ठाउँ ठेगाना थिएन । यो विपत्ती प्राकृतिक थियो तर यही वेला कृतिम महाविपत्ति आइलाग्यो, कारण नाकाबन्दी थियो, मोदी थिए । 

महेश जोशीले लेखेका छन्, अँ साच्चै अभिनन्दन चाहीँ कुन काम गरेबापत् गरिँदै हो ? नाकाबन्दी, सीमा मिचेकोमा कि श्रम गर्ने हाम्रा दाजुभाइलाई हेपेकोमा ? माफगर सरकार मैले यहाँको अभिनन्दन बुझ्नै सकिन । बल्केडवाज क्राइम मोदी । मोदी नटवेलकम नेपाल ।

दिपक पौडेल लेख्छन्, केहि बुद्धिजीवीलाई नाकाबन्दी भन्ने नै लागेन जबसम्म काँग्रेस हारेन । अहिले बल्केडवाज क्राइम मोदी भनेर ट्वीट हान्दा राहात । नाकाबन्दीले काँग्रेसलाई हैन जनतालाई असर धेरै गरेको, भूकम्प पिडित, आयोजनाहरु(विमान्स्थल विद्युत)देखि अस्पताल सम्म ८ खर्ब डलरको क्षति हो ।

बिपि कोइरालाले ट्वीट गरेका छन्, म त्यो नाकाबन्दीमा सिभिल हस्पिटमा मेरी बुढी प्रसव पीडाले छटपटाएको बेला रगत खोज्न भौतारिनुको पीडा अनि १० हजार तिर्छु भन्दा पनि सुत्केरीलाई पकाएर खुवाउन १ सिलिण्डर ग्याँस नपाएको पीडा झल्झली सम्झना चाहन्छु । 

तन्हुँगे बिगुलले ट्वट गरेका छन्, श्रीलंकामा सीता अपहरण गरी लाने रावणलाई पुजा गरिन्छ भने जनकपुरमा सीता जन्मभूमि नेपाललाई नाकाबन्दी गर्ने कलियुगको रावण मोदीलाई ।
शिव दाहल लेख्छन्, सत्ताधारीले गर्ने मोदीको अभिनन्दन जनमत विरुद्धको अनावश्यक खातिरदारी हो । संविधान भारत अनुकुल नभएकै कारण नाकाबन्दी लगाउने मोदी नेपाली जनता माझ त सधै घृणाकापात्रको रुपमा रहनेछन् । 

इन्दुले ट्वीट गरेकी छिन्, भारतले तीन बर्ष अघि गरेको नाकाबन्दी अमानवीय कार्य थियो नै । नाकाबन्दीबाट देशले धेरै सिक्नु पथ्र्यो बिडम्बना हामी नेपाली बरु धेरै दुख सहन्छौ तर चेत खादैनौ । 

लेनिन बन्जाडेले ट्वीटमा लेखेका छन्, मोदी आउँदा सडकका दाग त पोतेर चिल्लो बनाउला, तिम्रो नियतको दाग केले पोत्छौ ? तलुवा चाट्दा–चाट्दा खिइएको जिब्रोलाई केले टाल्छौ । 

अमित दाहलले लेखेका छन्, मोदी आउन जाउन मतलब भएन सच्चा नेपाली नागरिक अभिनन्दनमा सहभागी हुन सक्दैन मोदीले आफ्नो असली रुप नाकाबन्दी गरेर देखाएको छ । 

अनिस लुइटेल लेख्छन् –अतिथिलाई देव भवः हो अपराधीलाई हैन, अपराधीलाई भगवान मानी जय जय गाउने लाचार मेरो देशको सरकार होला तर म लाचार हैन ।

एमएलले लेखेका छन्, ओलीको खोक्रो राष्ट्रवाद पनि देखियो, आखिरमा त्यहि मोदीको खुट्टा ढोक्न तयार भयो । जनतालाई दुःख दिएर दुनियाँ ठाउँ प्रवेश निषेध गरेर अर्बोको घाटा कस्ले व्यहोर्ने ? ओलीले कि मोदीले ? 

सामाजिक संजालमा मात्र होइन मोदीको भ्रमणलाई लिएर ट्रोलहरु पनि बनेका छन् । ट्रोल नेपालमा छ – बर्षौँ नबनेको सडकएक रातमै बन्दै छ, वर्षौँ नभाको काठमाडौँ एकरातमै सफा हुँदैछ । हैट, देश त गज्जबले मोदी–फाई हुँदैछ त ।

राजनीतिक विश्लेषक भरत दाहालले ट्वीट गरेका छन्– राष्ट्रवाद, बुझाउनेः अरुण ३ ,कृषि जमिन, पानी जहाज नामको कोशी उच्च बाँध । कुरा गर्ने : तराई डुबान, विराटनगर चेकपोष्ट, विगतका सम्झौता कार्यन्वयन । नबोल्ने : कब्जा जमिन, खुल्ला सिमा, १९५० को सन्धि, नक्कली नागरिकता, पुलीस घुसपैठ समुन्द्रसम्मको कानूनी अधिकार ।
सरकारको मात्र होइन अहिलेको प्रतिपक्ष नेपाली काँग्रेसको पनि सामाजिक संजालमा आलोचना भइरहेको छ । 

एस जे जीवन लेख्छन्, बांग्लादेशका जनताले इण्डियन दादागिरीको विरुद्ध सडकमा उत्रिएका थिए, नेपाली जनता प्रति प्रेम र सम्मान देखाएका थिए । अहिले मोदी आउन लाग्दा सत्तामा बसेकालाई लम्पसारवाद देख्ने नेकाँ उबेला कहाँ मुन्टो जोत्न गएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप