बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी एयपोर्टमा झरेर जानकी मन्दिर प्रस्थान, स्वागत गर्न रक्षामन्त्री र मुख्यमन्त्री

शुक्रबार, २८ वैशाख २०७५, ११ : ०९
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर विमानस्थलबाट जनकपुरस्थित जानकी मन्दिरतर्फ लागेका छन् । 

साढे दश बजे जनकपुर विमानस्थलमा अवतरण गरेका मोदी केहीबेर विमानभित्रै बसेका थिए । मोदीलाई विमानस्थलमा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी लगायतले स्वागत गरेका थिए ।

विमानस्थलमा स्वागत ग्रहण गरेर मोदी नेपाल र भारतका झण्डा राखिएको विशेष गाडिमार्फत जानकी मन्दिरतर्फ लागेका हुन् । जनकी मन्दिरमा पुजा आरधनापछि मोदी जनकपुर उपमहानगरपालिकाले गर्ने नागरिक अभिन्नदन कार्यक्रममा सहभागी हुनेछन् ।

मोदीलाई स्वागत गर्न प्रधानमनत्री केपी ओली पनि जनकपुर पुगिसकेका छन् ।

जनकपुरस्थित बाह्रविघा मैदानमा हुने अभिनन्दन कार्यक्रममा हजारै सर्वसाधारण विहानैदेखि मोदीको प्रतिक्षमा बसेका छन् । बाह्विघा मैदानमा सर्वसाधारणलाई दुईवटा गेटबाट भित्र छिर्ने व्यवस्था मिलाइएको छ । सर्वसाधारणको घुइँचो लागेपछि सुरक्षाकर्मीलाई सुरक्षा प्रदान गर्न हम्मेहम्मे परेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप