मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड
जनकपुर - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतका सुरक्षा र विदेश मामिलाका उच्च अधिकारीले जनकपुरमा भइरहेको तयारी र सुरक्षा बन्दोबस्तबारे चासो राखेका छन् । आजको कान्तिपुरमा खबर छ ।
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान ९ बजे भारतीय वायुसेनाको हेलिकप्टर चढेर सीधै जनकपुर आउने कार्यक्रम छ । नयाँदिल्लीबाट जहाजमा पटना ओर्लिने मोदी र उनको टिम तीनवटा हेलिकप्टरमा जनकपुर आउनेछन् ।
रंगभूमि मैदानको दक्षिणतर्फ हेलिकप्टर अवतरणका लागि कंक्रिटका तीनवटा हेलिप्याड निर्माण गरिने भएको छ । भारतीय वायुसेनाका पाइलट अभिनिल रायले ३० देखि ४० मिटरको हेलिप्याड बनाउन सुझाइएको बताए ।
‘भारतीय वायुसेनाका प्राविधिक र पाइलटले मोदी चढेको हेलिकप्टर ल्यान्ड हुने स्थल र त्यहाँ गरिने तयारीबारे चासो देखाएका थिए,’ प्रदेश २ का एक मन्त्रीले भने । ‘हेलिप्याड र भीआईपी डयासको विपरीत दिशाबाट पब्लिकको इन्ट्री हुनुपर्ने भारतीय अधिकारीको माग छ,’ प्रदेश सरकारका ती मन्त्रीले भने, ‘हामीले त्यहीअुनसार तयारी अगाडि बढाएका छौं ।’ भारतको एयरफोर्स र अन्य प्राविधिक टिमले रंगभूमि मैदानको नापनक्सा पनि लिएका थिए ।
रंगभूमि मैदान मर्मतसम्भार गर्न र सजाउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण