मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

जनकपुर - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतका सुरक्षा र विदेश मामिलाका उच्च अधिकारीले जनकपुरमा भइरहेको तयारी र सुरक्षा बन्दोबस्तबारे चासो राखेका छन् । आजको कान्तिपुरमा खबर छ ।
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान ९ बजे भारतीय वायुसेनाको हेलिकप्टर चढेर सीधै जनकपुर आउने कार्यक्रम छ । नयाँदिल्लीबाट जहाजमा पटना ओर्लिने मोदी र उनको टिम तीनवटा हेलिकप्टरमा जनकपुर आउनेछन् ।
रंगभूमि मैदानको दक्षिणतर्फ हेलिकप्टर अवतरणका लागि कंक्रिटका तीनवटा हेलिप्याड निर्माण गरिने भएको छ । भारतीय वायुसेनाका पाइलट अभिनिल रायले ३० देखि ४० मिटरको हेलिप्याड बनाउन सुझाइएको बताए ।
‘भारतीय वायुसेनाका प्राविधिक र पाइलटले मोदी चढेको हेलिकप्टर ल्यान्ड हुने स्थल र त्यहाँ गरिने तयारीबारे चासो देखाएका थिए,’ प्रदेश २ का एक मन्त्रीले भने । ‘हेलिप्याड र भीआईपी डयासको विपरीत दिशाबाट पब्लिकको इन्ट्री हुनुपर्ने भारतीय अधिकारीको माग छ,’ प्रदेश सरकारका ती मन्त्रीले भने, ‘हामीले त्यहीअुनसार तयारी अगाडि बढाएका छौं ।’ भारतको एयरफोर्स र अन्य प्राविधिक टिमले रंगभूमि मैदानको नापनक्सा पनि लिएका थिए ।
रंगभूमि मैदान मर्मतसम्भार गर्न र सजाउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
-
तस्बिरमा संसद् बैठक : राप्रपाको बहिष्कारदेखि रास्वपाको पलेँटी कसेर विरोधसम्म
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति