बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

रक्षामन्त्रीले मोदीलाई स्वागत  गर्दै भने, ‘नेपाल–भारतको संवेदनशिलताप्रति सचेत छौ ’

शुक्रबार, २८ वैशाख २०७५, १३ : ०९
शुक्रबार, २८ वैशाख २०७५

जनकपुर– रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र भारतको संवेदनशीलताप्रति सचेत रहेको बताए । उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिन अभिनन्दन कार्यक्रममा स्वागत मन्तव्य दिँदै भारत र नेपालबीच जनस्तरमा सम्बन्ध स्थापित भएको छ । 

भारतले छोटो समयमा निकै प्रगति गरेको छ भन्दै मन्त्री पोखरेलले नेपालमा पनि निर्वाचन सम्पन्न भइसकेको छ र आर्र्थिक समृद्धिका लागि अगाडी बढेको बताए । नेपालले गरिरहेको आर्थिक समृद्धिमा भारतको सयोग हुने विश्वास लिएको उनले बताए ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीले गरेको नेपाल भ्रमण अझै मनमस्तिष्कमा ताजै रहेको बताउँदै उनले तेस्रो पटकको भ्रमणले सम्बन्ध झन सुदृढ भएको धारणा राखे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप