मोदीले नेपालीका लागि समृद्धि ल्याउँछन् भन्नु भ्रम हो
प्रधानमन्त्री पदमा सत्तासिन भएपछि नरेन्द्र मोदीले निकै धुमधामका साथ ३ अगस्ट २०१४ मा नेपालको यात्रा गरे । त्यो मोदीको चरम उत्कर्षको काल थियो । देशभित्र उनी जहाँ पनि जान्थे ‘मोदी–मोदी’ भनेको सुनिन्थ्यो । त्यतिबेला निकै ठूल्ठूला प्रतिबद्धता गरिएका थिए, ठूल्ठूला घोषणा गरिएका थिए र जनतालाई पनि निकै ठूलो आशा थियो । भुटान र नेपालको यात्रापछि मोदीले दुनियाका विभिन्न देशहरूको यात्रा गरे । अधिकांश देशहरूमा उनका दूतहरू पहिले नै गएर सबै व्यवस्था गरेर आउने गर्थे । उनीहरूले कति बेला कहाँबाट नारा लगाउने हो, कहाँ र कति बेला उनको स्वागत गर्ने हो र कुन कोणबाट क्यामेराहरूले मोदीलाई ‘प्रोजेक्ट’ गर्ने हो पहिले नै व्यवस्था गरिसकेका हुन्थे ।
खासगरी सेप्टेम्बर २०१४ मा मेडिसन स्क्वायरमा ¥यालीभन्दा दुई महिनाअघि राष्ट्रिय स्वयम्सेवक सङ्घको तर्फबाट राम माधव र खासगरी बीजेपीका वैश्विक संयोजक विजय जोलीले अमेरिका गएर त्यहाँका प्रवासी भारतीयहरूका बीच जसरी काम गरे त्यो त ठूला–ठूला विज्ञापन कम्पनीहरूले सिक्नलायक कुरा थियो । देशभित्र पनि मिडियालाई कसरी ‘म्यानेज’ गर्ने गरिन्छ, त्यसको कला पनि मोदीले मानिसहरूलाई निकै राम्रो गरी सिकाए ।
मोदीको दोस्रो यात्रा सन् २०१४ कै नोभेम्बरमा भयो, जब उनी सार्क मुलुकहरूको सम्मेलनमा भाग लिनका लागि काठमाडौं पुगे । त्यो यात्रा अलिक तितो भयो । त्यस यात्रा भन्दाअघि मोदीले आफ्नो भाषणका क्रममा के भनेका थिए भने यस पटक नेपालमा निकै धेरै अधुरा कामहरू पूरा गर्नुपर्नेछ । जुन पछिल्लो बीस–तीस वर्षदेखि रोकिएका छन् । त्यो यात्रा अलिक पीडादायी नै थियो । किनभने उनले पहिलेदेखि नै के तय गरेका थिए भने सार्क सम्मेलनमा भाग लिनुका साथै उनले जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रा समेत गर्नेछन् । त्यसै अनुरूप प्रधानमन्त्री कार्यालयले मोदीजी सडक मार्गबाट जनकपुर प्रवेश गर्ने र जानकी मन्दिरमा हुने राम–सीताको विवाह अवसरमा सहभागी हुनेछन् भन्ने कार्यतालिका बनाएको थियो ।
जी न्युजले ‘मोदी चले राम के ससुराल’ (मोदी हिँडे रामको ससुराली) शीर्षकमा एउटा कार्यक्रमको प्रसारण पनि सुरु गरिसकेको थियो, जसमा स्क्रिनमा राम–सीता र मोदीको तस्बिर एकै साथ देखाउने गरिन्थ्यो र पृष्ठभूमिमा एउटा गीत बजिरहेको हुन्थ्यो– ‘पडन लागी भांवरिया पिया रघुवर जी के संग’ । त्यसका साथै जनकपुरमा एउटा सार्वजनिक सभा गर्ने र त्यस सभामा नेपालको विकासलाई ध्यान दिँदै केही महत्वपूर्ण घोषणा गर्ने कार्यक्रम थियो । राष्ट्रिय स्वयम् सेवक सङ्घको नेपाल शाखा ‘हिन्दु स्वयम् सेवक सङ्घ’का साथै ‘सीमा जागरण मञ्च’ र ‘हिन्दु जागरण मञ्च’ जस्ता साना–ठूला धेरै सङ्गठनहरू मोदीको स्वागतका निम्ति तयारीमा जुटेका थिए ।
तर नेपालमा त्यसको विरोध भएको देखेर सडक मार्गबाट जनकपुर जाने कार्यक्रममा नेपाल सरकारले रोक लगाइदियो । सरकारले सुरक्षाको प्रयाप्त तयारी हुन नसकेको भन्यो । जनकपुरमा हुन लागेको सार्वजनिक सभालाई पनि सरकारले रद्द गरिदियो । किनभने माओवादी पार्टी र नेकपा (एमाले)ले उक्त कार्यक्रमलाई उचित ठानेका थिएनन् । त्यति बेला उनीहरूको के दलिल थियो भने सार्क मुलुकको अथवा कुनै पनि राष्ट्राध्यक्षले यदि आमसभा गर्ने माग गर्न थाल्यो भने के हामीले त्यो पूरा गर्ने ? मोदीले के सोचेका थिए भने सन् २०१५ मा विहार विधानसभामा निर्वाचन हुने हो । त्यसैले जनकपुरको सभाबाट नेपालको मधेसमा आफ्नो दबदबा कायम गर्नुका साथै विहार चुनावका लागि आफ्नो माहौल तयार गर्नेछु ।
योजना कतिसम्म थियो भने सभापछि जनकपुरमा विद्यार्थी र युवाहरूलाई केही हजार साइकल र पाठ्य सामग्री उपहार दिइनेछ । त्यति बेला प्रधानमन्त्रीका रूपमा नेपाली काँग्रेसका सुशील कोईराला थिए । कोइरालाको गठबन्धन सरकारमा एमालेका वामदेव गौतम उपप्रधानमन्त्री थिए, जसले १३ नभेम्बरमा स्पष्ट शब्दमा मोदीको कुनै सार्वजनिक सभा नहुने तथा न त उनले आफ्नो यात्राका क्रममा उपहार बाँड्ने छन् भने । मोदीका लागि यो निकै तीतो अनुभव थियो । परिणाम स्वरूप उनी हवाई मार्गबाट काठमाडौं गए र सार्क सम्मेलनमा भाग लिएर दिल्ली फर्किए ।
भारत–नेपाल सम्बन्धको जटिलताको अत्यन्त महत्वपूर्ण परिघटना त्यति बेला सतहमा देखियो जतिबेला नेपालले आंशिक रूपमा धर्मनिरपेक्ष तर पूर्ण रूपमा ‘हिन्दु राष्ट्र’ शब्दावलीलाई संविधानबाट अलग्याउँदै आफ्नो संविधान जारी ग¥यो– मोदी सरकारको विरोधका बाबजुद । मधेसी जनताको मागलाई बहाना बनाएर भारतले कसरी प्रतिशोधको भावनाबाट नेपालका खिलाफ आर्थिक नाकाबन्दी ग¥यो । कसरी मधेसी सङ्गठनहरूले यस काममा उसलाई साथ दिए र कसरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यस कठिन समयमा नेपाली जनताको भित्र राष्ट्रवाद पैदा गराए, जसको सीधा निसानामा भारत थियो– त्यसको बेग्लै राम कहानी छ ।
निश्चित रूपमा त्यो नाकाबन्दीले केपी ओलीलाई एउटा नयाँ जीवन प्रदान ग¥यो र लोकप्रियताको लहरमा सवार भएर उनी आज झण्डै दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्रीको पदमा आसिन भए । मोदीले जम्मा एक महिनाअघि भारतमा बोलाएर केपी ओलीको जबरजस्ती स्वागत गरे तर जनकपुर यात्रा रद्द भएको तुष जसरी मनमा गाँठो परेको थियो, त्यो भने मेटिन सकेन । फर्किएर त्यो समय आज फेरि त्यहीँ आइपुगेको छ, जहाँबाट पछिल्लो दुर्घटनाको सम्झनाको अन्त्य गर्न सकिनेछ ।
यस पटकको यात्रामा ती सबै कुराहरू हुँदैछन् जुन अघिल्लो पटक हुँदाहुँदै रोकिएका थिए । जनकपुरमा विशाल सभाको आयोजना गरिएको छ । जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दनको योजना छ । मौसम राम्रो भयो भने मुक्तिनाथको तीर्थयात्रा हुनेछ । केपी ओली र प्रचण्ड दुवै हात बाँधेर यी सम्राटको सेवामा तत्पर रहनेछन् । जुलाई २०१६ मा ओलीको सरकार ढालेर र मोदीसँग आफ्नो ‘क्यामेष्ट्री’ मिल्ने कुरा गरेर प्रचण्डले यसअघि आफ्नो बफादारिताको प्रदर्शन गरिसकेका थिए, अब पालो ओलीको हो र उनी अनुकूल समय हेरिरहेका छन् ।
५० वर्षसम्म सत्तामा टिकिरहने जस्तो खाले भ्रमजाल मोदीले पैदा गरेका थिए । त्यसबाट भारतका जनता त मुक्त हुँदैछन् तर नेपालका नेताहरूको निद्रा अझै खुलेको छैन । यी नेताहरूलाई सायद के कुराको आभास छैन होला भने, आज मोदी र उनको पार्टी त्यो होइन, जुन सन् २०१४ मा थियो । गोरखपुर र फूलपुरमा हालै भएको लोकसभा उपचुनावमा भाजपाले नराम्रो हार बेहोरेको कुरा त नेपाली जनताले थाहा पाइसकेको हुनुपर्छ तर उनीहरूलाई के थाहा नहुन सक्छ भने सन् २०१४ देखि आजसम्म लोकसभाको जुन २३ उपचुनाव भयो त्यसको १९ ठाउँमा भाजपाका उम्मेदवारहरूले पराजयको समना गर्नु प¥यो ।
अब मोदीका सभामा मोदी–मोदी भनेर चिच्याउनेहरूको घाँटी सुकिसकेको छ । भारतका जनताका साथ उनले जति प्रतिबद्धता व्यक्त गरेका थिए, ती सबै झुठो सावित भइरहेका छन् र यो कुरा मानिसहरूले बुझ्न थालेका छन् । मानिसहरूले के हेर्न थालेका छन् भने किसानहरूको आत्महत्या, बेरोजगारीको प्रश्न, कालो धन, बढ्दो मूल्यवृद्धि, पेट्रोलको मूल्यवृद्धि आदि मुद्दामा कुनै चर्चा भइरहेको छैन । पछिल्ला चार वर्षहरूमा सम्पूर्ण राजनीति लब जेहाद, गाई, बन्देमातरम, भारतमाता आदिको वरपर घुमी रहेको छ । सम्पूर्ण मुस्लिम समुदायलाई राष्ट्रविरोधी चित्रित गरेर उनीहरूलाई आतङ्कको कालो बादलमा बाँच्न विवस पारिएको छ । वैज्ञानिक सोचका खिलाफ माहौल तयार गरिँदैछ ।
चिकित्सा विशेषज्ञहरूको सभामा जब देशका प्रधानमन्त्रीले गर्वका साथ गणेशको सुँडबाट प्राचीनकालमा हाम्रोमा प्लास्टिक सर्जरी थियो भनेर भन्छ भने र त्रिपुराका नवनिर्वाचित मख्यमन्त्रीले महाभारतकालमा धृतराष्ट्रलाई युद्धको बयान गर्ने सन्जयले त्यसो गर्न सकेको कारण त्यति बेला नै हाम्रोमा इन्टरनेट भएर हो भन्छ भने तपाईंले त्यसलाई के भन्नु हुन्छ ! यसलाई ‘मूर्ख’, ‘अज्ञानी’हरूको जमात भनेर हलुका ढङ्गले हेर्न मिल्दैन । यस बारेमा इतिहासमा के अङ्कित छ भने प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनका खिलाफ हिटलरको नाजी पार्टीले जसरी दस आरोपहरूको सूची तयार पारेको थियो त्यसमध्ये एउटा सापेक्षताको सिद्धान्त प्रतिपादित गरेको भन्ने थियो ।
त्यति बेला हिटलर समर्थक ‘आर्यन’ वैज्ञानिकहरूले ‘यहुदी आइन्स्टाइन’का समर्थकहरूलाई राष्ट्रविरोधी करार गरेका थिए । त्यति बेला पनि के लाग्थ्यो भने समग्र वातावरणमै भाँङ मिसिएको छ । त्यहाँ परिस्थिति हिंस्रक ढङ्गले फेरियो किनभने जनतन्त्रलाई हिटलरले बन्धक बनाएका थिए । भारतमा अहिले त्यस्तो अवस्था छैन । पछिल्लो पटक उत्तर प्रदेशमा हासिल गरेको ७० सिटले भाजपालाई प्रबल बहुमतमा पु¥याएको थियो, जुन अब सपा–बसपाको एकजुकताबाट सम्भव देखिँदैन । राजस्थान, मध्येप्रदेश र छत्तीसगढमा पनि हालत निकै खराब छ । ५० साल त टाढाको कुरा सन् २०१९ मा पनि भाजपाले सरकार बनाउन कठिन छ ।
१२ मेमा कर्नाटकमा चुनाव हुँदैछ र १० मेपछि चुनाव प्रचार रोकिनेछ । ११ मेमा जनकपुरमा हुन लागेको आफ्नो आमसभा मार्फत टेलिभिजनको साहारा लिएर मोदी कर्नाटक निर्वाचन प्रचारको मौकालाई छोपेर त्यसलाई प्रयोग गर्न चाहन्छन् । सन् १०१४ को कुरै वेग्लै थियो । आजसम्म पनि नेपाली जनताले नाकाबन्दीको पीडा भुल्न सकेका छैनन् । त्यसैले होला जनताको निकै ठूलो समूहबाट मोदीले आफ्नो यस यात्राका क्रममा नाकाबन्दीका लागि नेपाली जनतासँग माफी मागून् भन्ने चाहन्छन् । त्यसो त सन् २०१५ मा जतिबेला नेपालले भीषण भूकम्पको त्रासदी बेहोरी रहेको थियो, त्यति बेला भारतले सहयोग त ग¥यो तर त्यो सहयोगका स्वरूप कस्तो थियो भने नेपाली जनता के सोच्न बाध्य भए भने बरु यो सहयोग नगरेको भए निकै राम्रो हुन्थ्यो ।
भारतको एउटा टेलिभिजन चैनलले नेपालमा गइरहेको राहत सामग्रीका साथ आफ्नो स्क्रिनमा मोदीको तस्बिर देखायो र ठूलो अक्षरमा ‘रक्षक’ लेख्यो । अर्को च्यानलले मोदीको तस्बिरका साथ ‘नेपालको रक्षक’ लेख्यो । यी सबै कुराले सीमा नाघेपछि कान्तिपुर रेडियोले एउटा रिपोर्ट प्रसारण ग¥यो, जसको शीर्षक थियो– ‘उद्धारभन्दा प्रचार बढी’ भन्नुको अर्थ राहतको आडमा आफ्नो प्रचार । २९ अप्रिल २०१५ मा नयाँ दिल्लीबाट प्रकाशित ‘जनसत्ता दैनिक’मा पुष्परञ्जनले ‘ऐसी सहायता पर मुग्ध मत होइए’ शीर्षकमा लेख लेखेर भारतको नीतिको तीखो आलोचना गर्दै के भने भने भाजपाका केही नेताहरू यसलाई ‘विजय अभियान’का रूपमा प्रचार गर्न लागेका छन् र यसबाट आजसम्मका सबै काममा पानी फेरिने खतरा छ ।
यी सबै कुरा नेपाली जनताको मनबाट मेटिएको छैन, साथै यी कुराहरूलाई नाकाबन्दीले झन धेरै विषालु बनाइदिएको छ । नेपालको व्यापक जनमत यस्ता व्यक्तिको नागरिक अभिनन्दन गरियोस् भन्ने पक्षमा छैन, जसले नेपालका नागरिकलाई यति नराम्रा दिनहरू देखाए । नेपालका वर्तमान गृहमन्त्री रामबहादुर थापाले भलै यस पटकको मोदीको यात्रा मात्र धार्मिक र सांस्कृतिक भने पनि विशेषज्ञहरूका अनुसार यस यात्राका क्रममा जलविद्युत परियोजनाहरूलाई पनि अन्तिम रूप दिइनेछ । साँचो कुरा के हो दुवै देशका सरकारले मात्र भन्न सक्छन् ।
तर एउटा कुरा निश्चित छ, भारतको धूर्त, निर्मम र कार्पोरेट घरानाहरूको हितको रक्षा गर्ने सत्ताधारी वर्गका प्रतिनिधि नरेन्द्र मोदीबाट यदि नेपाली जनताले आर्थिक रूपमा आफूहरूलाई उनले शक्ति सम्पन्न बनाइदिनेछन् भन्ने सोचेका छन् भने यो निकै ठूलो भ्रम सावित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी विश्वविद्यालयबाट सम्बन्धनबारे शिक्षा मन्त्रालयको दोधारे नीति
-
बढ्दो चिसो : कस्तो अवस्थामा अस्पताल जाने ?
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की