शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

बिहीबार, २० वैशाख २०७५, ११ : ०७
बिहीबार, २० वैशाख २०७५

जनकपुर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको भ्रमण गर्ने तय भएपछि त्यसको तयारीमा प्रदेश सरकार र स्थानीय सरकार जुटेको छ । 

जनकपुरको रंग रोगनदेखि लिएर सरसफाइमा प्रदेश दुईका सरकार लागिपरिरहेको छ ।  प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाई गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाई थालिएको छ । 

आजै बिहान पनि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा प्रदेशमा मन्त्री, राजनीतिक दलका नेता तथा कार्यकर्ता सफाईमा जुटे । मुख्यमन्त्री नेतृत्वको टोलीले जानकी मन्दिर परिसर सफाई गरेको हो । टोलीको बाह्रविघासम्म जाने योजना भएपनि पानी पर्न थालेपछि जानकी मन्दिर परिसरमात्रै सफाई गरिएको थियो । 

सफाई कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको समेत उपस्थिति पनि थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप