मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो
बैशाख –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा २ नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आफुहरुलाई संविधानले विभेद गरेको बताएका छन् ।
उनले भने, ‘हामी नेपालको अभिन्न अंग हौँ । तर, हामी अहिले पनि सहज अवसरबाट टाढा छाँै । जसरी गरीब भएर पनि मोदी भारतमा प्रधानमन्त्री भए । तर हामी त्यो अवस्थामा छैनौँ । हामी पनि सर्वोच्च निकायमा पुग्न चाहन्छाँै ।’
उनले नेपाल सरकारको विभेदकारी मानसिकताको कारण मधेशी समुदाय गरीबी र शोषित पीडित जीवन बाच्न बाध्य भएको बताए ।
रावतले दुई नं प्रदेशको विकासका लागि रामविवाहको बाटो खोल्नुपर्ने माग राखे ।
आफ्नो प्रदेश आर्थिक रुपमा विपन्न भएकाले यसको विकासको लागि भारतले सहयोग गर्नु उनले बताए ।
‘नेपाल र भारतको सम्बन्ध राम जानकीको विवाह भएबाट सुरु भएको हो । यहि समयबाट सम्बन्ध रोटी र बेटीको छ । यो सम्बन्धलाई नेपालको राजनीतिले कुनै असर गर्न सक्दैन ।’ उनले भने, ‘अझै यसलाई सामाजिक, सांस्कृतिक र धार्मिक रुपमा अगाडि बढाउनुपर्छ । साथै रेल र हवाई सेवाबाट पनि छिटै जोड्नु पर्छ ।’
उनले बाढीको समस्या छिटो अन्त्य गर्नुपर्ने बताए ।

आफुहरु बर्षातमा बाढीको मारमा पर्ने गरेको र यसको असर विहारमा पनि पर्ने गरेकाले छिटै हल हुनु पर्ने बताए ।
जानकी मातालाई र जनकपुरधामलाई अन्तराष्ट्रिय धार्मिकस्थलमा विकास गर्न माग राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण