मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

बैशाख –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा २ नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आफुहरुलाई संविधानले विभेद गरेको बताएका छन् ।
उनले भने, ‘हामी नेपालको अभिन्न अंग हौँ । तर, हामी अहिले पनि सहज अवसरबाट टाढा छाँै । जसरी गरीब भएर पनि मोदी भारतमा प्रधानमन्त्री भए । तर हामी त्यो अवस्थामा छैनौँ । हामी पनि सर्वोच्च निकायमा पुग्न चाहन्छाँै ।’
उनले नेपाल सरकारको विभेदकारी मानसिकताको कारण मधेशी समुदाय गरीबी र शोषित पीडित जीवन बाच्न बाध्य भएको बताए ।
रावतले दुई नं प्रदेशको विकासका लागि रामविवाहको बाटो खोल्नुपर्ने माग राखे ।
आफ्नो प्रदेश आर्थिक रुपमा विपन्न भएकाले यसको विकासको लागि भारतले सहयोग गर्नु उनले बताए ।
‘नेपाल र भारतको सम्बन्ध राम जानकीको विवाह भएबाट सुरु भएको हो । यहि समयबाट सम्बन्ध रोटी र बेटीको छ । यो सम्बन्धलाई नेपालको राजनीतिले कुनै असर गर्न सक्दैन ।’ उनले भने, ‘अझै यसलाई सामाजिक, सांस्कृतिक र धार्मिक रुपमा अगाडि बढाउनुपर्छ । साथै रेल र हवाई सेवाबाट पनि छिटै जोड्नु पर्छ ।’
उनले बाढीको समस्या छिटो अन्त्य गर्नुपर्ने बताए ।
आफुहरु बर्षातमा बाढीको मारमा पर्ने गरेको र यसको असर विहारमा पनि पर्ने गरेकाले छिटै हल हुनु पर्ने बताए ।
जानकी मातालाई र जनकपुरधामलाई अन्तराष्ट्रिय धार्मिकस्थलमा विकास गर्न माग राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा