मोदीको भ्रमण बिथोल्न खोज्ने ७ जना काठमाडौंबाट पक्राउ
शुक्रबार, २८ वैशाख २०७५, १२ : ३८

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ग्रेटर नेपालका केन्द्रीय सदस्यहरु विमल बुढाथोकी, प्रकाश सुवेदी र गोविन्द बोहरा रहेका छन् ।
भारतिय प्रधानमन्त्रीको राजकीय भ्रमणप्रति वितृष्णा फैलाउन खोज्ने ग्रेटर नेपालका ३ जना केन्द्रिय सदस्यलाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए ।
त्यस्तै प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट समाजवादी कांग्रेसको पर्चासहित २ जनालाई पक्राउ परेको छ ।
बानेश्वरबाट पक्राउ पर्नेहरुमा काभ्रे स्थायी घर भएकी पार्वती थापा र सिन्धुलीका सन्तोष बराल रहेका छन् । प्रहरी स्रोतका अनुसार चावहिल चोकबाट साजन पौडेल र जिवन घिमिरे पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?