मोदीको भ्रमण बिथोल्न खोज्ने ७ जना काठमाडौंबाट पक्राउ
शुक्रबार, २८ वैशाख २०७५, १२ : ३८
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ग्रेटर नेपालका केन्द्रीय सदस्यहरु विमल बुढाथोकी, प्रकाश सुवेदी र गोविन्द बोहरा रहेका छन् ।
भारतिय प्रधानमन्त्रीको राजकीय भ्रमणप्रति वितृष्णा फैलाउन खोज्ने ग्रेटर नेपालका ३ जना केन्द्रिय सदस्यलाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए ।
त्यस्तै प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट समाजवादी कांग्रेसको पर्चासहित २ जनालाई पक्राउ परेको छ ।
बानेश्वरबाट पक्राउ पर्नेहरुमा काभ्रे स्थायी घर भएकी पार्वती थापा र सिन्धुलीका सन्तोष बराल रहेका छन् । प्रहरी स्रोतका अनुसार चावहिल चोकबाट साजन पौडेल र जिवन घिमिरे पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण