मोदीको भ्रमणले पार्टी एकीकरणमा ढिलाईः माओवादी प्रवक्ता
भक्तपुर – नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकीकरणमा ढिलाई भएको बताएकी छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले यस्तो बताएकी हुन् । उनले भनिन् ‘मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाई हुने भयो ।’
उनले एकताका लागि आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मानजनक ढंगल दुई पार्टी एकीकरण हुने पनि बताइन् ।
अर्को प्रसंगमा उनले अहिले नै सरकारका गतिविधिको समिक्षा गर्ने बेला नभइसकेको भन्दै सरकारले निर्वाचनको समयमा जनता माझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् ।
सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका हुने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण