भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
दाङ– प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका रुपमा लिनुपर्दछ । ”
मुख्यमन्त्री पोख्रेलले राष्ट्रिय हितमा उभिन वर्तमान सरकारलाई कसैले सिकाउनु नपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नहुने बताए ।
भारत र नेपालको सम्बन्धलाई थप उचाइमा पुर्याउन भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कोसेढुंगा सावित हुने बताउँदै उनले विगतमा भारतले गरेका अमानवीय नाकाबन्दीको विषयमा जनस्तरबाट सरकारलाई ध्यानाकर्षण गराउने सन्दर्भमा आएका टीकाटिप्पणीलाई सल्लाह र सुझावका रुपमा लिई भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल बनाउने सन्दर्भमा सरकारको ध्यान केन्द्रीत भएको धारणा व्यक्त गरे ।
मुख्यमन्त्री पोख्रेलले जिल्लाको स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रको चौतर्फी विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउँदै नेकपा एमाले र नेकपा ९ माओवादी केन्द्र० बीच अगामी जेठभित्रै एकताको टुंगो लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण