नेपालमा मोदीलाई कहाँ कहाँबाट छ सुरक्षा थ्रेट ?

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमणका क्रममा अहिले जनकपुरमा छन् । केही बेरमा काठमाडौं आउन लागेका मोदीको सुरक्षाका लागी काठमाडौंमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको छ । काठमाडौंमा नेपाल प्रहरीका तर्फबाट मात्रै ६ हजार भन्दा माथि सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।
प्रहरी बाहेक नेपाली सेना, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका सुरक्षा अधिकारीहरु पनी ठूलो संख्यामा परिचालन गरिएको छ । सुरक्षा मामिलाका जानकारहरुका अनुसार २०७२ भदौ पहिलो साताबाट भारतले लगाएको अघोषित नाकाबन्दीका कारण सर्वसाधारणमा ठुलो आक्रोश पैदा भएको छ । त्यही नकारात्मक प्रभावका कारण सुरक्षा निकालयले नर्मल सिभीलियनबाट पनी मोदीमाथी थ्रेट हुनसक्ने निष्कर्ष निकालेको छ ।
नेपाली जनतामा देखिएको नेगेटिभ भाईवसँगै ईन्डियन मुजाहिद्धीन मोदीका लागी नेपाल रहँदाको अर्को सुरक्षा चुनौती हो । इन्डियन मुजाहिद्धीन भारतीय आतंकबादी संगठन हो । नेपालमा बेला–बेला मुजाहिद्धीनका सदस्यहरुले सेल्टर बनाउने गरेको कुरा सार्वजनिक हुने गरेको छ ।
सुरक्षा निकायले नेकपा माओवादी (विप्लव समुह) लाई पनि सुरक्षा थ्रेट गराउन सक्ने संगठनको रुपमा राखेको छ तर नगन्य रुपमा मात्र । ‘विप्लव समूह सामान्य थ्रेटभित्र पर्छ’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘विप्लव भन्दा बढी स्थायी वतन भार भएर नेपाली बस्दै आएका मुस्लिमबाट धेरै थ्रेट हुन्छ ।’
भारत विरुद्ध बक्तब्यबाजी गर्दै आएको ग्रेटर नेपालले कालो झण्डा देखाउन सक्ने सुरक्षा विष्लेषण गरिएको छ । ‘त्यस्तो ठूलो सेक्युरिटी थ्रेट त महसुस गरेका छैनौ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेल भन्छन्, ‘तर, जे पनी गर्न सक्ने हुनाले कडाईका साथ काम गरिरहेका छौं, ब्यापक परिचालन गरेका छौं ।’
विश्वका धेरै थ्रेट भएका नेता मध्येमा पर्ने मोदीमाथि कुनै पनि किसिमको थ्रेट हुनसक्ने आंकलन गर्दै सुरक्षा निकायले सम्भावित स्थानहरुमा आफ्नो फौज हाई अलर्ट राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी