रातोपाटी ग्राउण्ड : मोदी आउने मुक्तिनाथ र वरपर जे देखियो, २१ तस्बिरमा हेर्नुहाेस्

जोमसोम– भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले हिमाली जिल्ला मुस्ताङको मुुक्तिनाथ भ्रमण गर्ने भएपछि यहाँको चिसो वातावरण एकाएक तातिएको छ । स्थानीय प्रशासन, स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म मोदीको स्वागतका लागि जुटेका छन्, यतिबेला । दुई दिने नेपाल भ्रमणको सिलसिलामा मोदी शनिबार बिहान जोमसोम आइपुग्ने कार्यक्रम रहेको छ ।
यतिखेर मुस्ताङमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि भव्य तयारी गरिएको छ ।
मोदीको स्वागतका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले रातोपाटीलाई जानकारी दिएका छन् ।
केही दिनयता प्रशासनले मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर सरसफाई गर्नेदेखि, सुरक्षा व्यवस्थालाई समेत चुस्त दुरुस्त बनाएको छ ।
सर्वसाधारणलाई कुनै असर नगर्ने हिसावले सुरक्षा प्रवन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार मोदीको मुस्ताङ भ्रमणका बेला सुरक्षाको अभाव हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।
यता, मुस्ताङबासीहरुले पनि मोदी मुस्ताङ आउने भएपछि स्वागत गर्न आतुर भएको बताएका छन् । स्थानीयले मोदी मुस्ताङ आउनेभएपछि विश्वमै मुस्ताङको प्रचार प्रसार भएर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
मुक्तिनाथ, जोमसोम र आसपासका क्षेत्रका तस्बिरहरु हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान