बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र मोदीले अरुण तेस्रोको उद्घाटन काठमाडौंबाटै गर्ने

मङ्गलबार, २५ वैशाख २०७५, १३ : ५९
मङ्गलबार, २५ वैशाख २०७५

काठामाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक बर्षको बजेटमा सुझाव तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् । 

मंगलबार बिहान पुर्व प्रधानमन्त्रीहरुसँग दुवै विषयमा छलफल गरेको प्रधानमन्त्री ओलीले त्यसलगत्तै पूर्व परराष्ट्रमन्त्रीहरुलगायत अन्य दलका नेताहरुसँग पनि छलफल गरेका हुन् । 

बालुवाटारमा भएको दोस्रो चरणको छलफलमा राजपा नेता महन्त ठाकुर, राजेन्द्र श्रेष्ठ, पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा महेन्द्र पाण्डे, परराष्ट्रविद् राजन भटराई लगायत सहभागि रहेका थिए । 
दोस्रो चरणको छलफलमा सहभागिहरुले बजेट भन्दा पनि मोदीको भ्रमणका बारेमा चासो राखेको एमाले नेता बादेव गौतमले जानकारी दिए । 

गौतमका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रोको दुवै देशका प्रधानमन्त्रीले काठमाडौमा स्वीच थिचेर संयुक्त उद्घाटन गर्ने तयारी भएको जानकारी गराएका थिए । उनले रेलमार्ग,जलमार्ग र कृषिमा व्यावसायीकरणका लागि  महतवपुर्ण सम्झौता भ्मणका बेला हुने जानकारी गराएका थिए । 

त्यस्तै सीमा समस्या, बाँध लगायतमा समेत भारतीय पक्षले अब कुनै अवरोध नगर्ने यसअघि नै प्रतिवद्धता जनाएकाले  मोदीलाई भ्रमणको निम्ता दिएको छलफलमा प्रधानमन्त्रीले जानकारी गराएका थिए । सहभागिहरुले मोदीसँगको भेटमा हवाई रुट बढाउन र राष्ट्रिय अखण्डतामाथिको हस्तक्षेप रोक्ने विषयमा कुराकानी गर्न सुझाव दिएका थिए । 

परराष्ट्रविद राजन भट्टराईले भारतीय प्रधानमन्त्री मोदीसँग विराटनगरमा भएको वाणिज्य दूतावासको कार्यलय हटाउनुपर्ने विषयलाई पनि प्राथमिकतासाथ उठाउनुपर्ने सुझाव दिएका थिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप