जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला जनकपुरको पनि भ्रमण गर्ने भएपछि त्यसको तयारीमा नेपालस्थित भारतीय दूतावास लागेको छ ।
नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीसहितको एक टोली आज जनकपुर प्रस्थान गरेको छ ।
टोलीले त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिने दूतावास स्रोतले जनाएको छ ।
पुरी जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग मुख्यमन्त्रीको कार्यालयमा छलफल गर्ने समेत बताइएको छ ।
साँझ पुरीले प्रदेश दुईका सबै मन्त्री तथा मुख्य दलका नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ ।
दूतावासको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे सुरक्षा अधिकारीसँग पनि छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणमा आएको बेला जनकपुर भ्रमण गर्न सकेका थिएनन् ।
त्यतिबेला उनले अर्को पटक आउँदा आउँदा जनकपुर जाने बताएका थिए ।
प्रधानमन्त्री मोदीले मुक्तिनाथको पनि दर्शन गर्ने बताइएको छ ।
भारतीय मिडियाका अनुसार मोदीले आगामी मे ११ मा नेपाल भ्रमण गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु