मन्त्रिपरिषद् बैठक : मोदीको नेपाल भ्रमण कार्यतालिका स्वीकृत
काठमाडौं–सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण कार्यतालिका स्वीकृत गरेको छ । सोमबार अबेर सम्पन्न मन्त्रिपरिषदको बैठकले मोदीको दुई दिने नेपाल भ्रमण कार्यतालिका स्वीकृत गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । मोदीले आगामी बैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दैछन् ।
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आइपुग्ने छन् । उनले पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्नेछन् । त्यसपछि काठमाडौँ फर्केपछि उनी भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ ।
यस्तै उनले नेपाल रहँदा राष्ट्रपति उपराष्ट्रपति, समकक्षीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता भने तय भएको छ ।
बैठकले कारागारसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकृत गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत दिएको बास्कोटाले बताए ।
यस्तै बैठकले विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिकहरु माग्दा सम्बन्धित देशमा रहेका नेपाली निगोगबाट प्रमाणित भएर आउनुपर्ने निर्णय पनि गरेको छ । त्यसका लागि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ स्कीकृत गरिएको बास्कोटाले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण