मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथमा आइसियू स्थापना

मुक्तिनाथ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) स्थापना गरिएको छ ।
भ्रमणका क्रममा जो कोहीलाई आइपर्नसक्ने स्वास्थ्य समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको हो ।
आइसियूका लागि चाहिने उपकरणसहित अत्यावश्यक औषधिको प्रबन्ध मिलाइएको जोमसोम अस्पतालका आकस्मिक कक्षका प्रमुख भीमराज शाहीले बताए ।
आइसियू कक्षमा भेन्टिलेटर, कार्डियाक मनिटर, इसिजी, अक्सिजनलगायत उपकरण जडान गरिएको छ । “आकस्मिक रुपमा गर्नुपर्ने स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ,”–प्रमुख शाहीले भने ।
जोमसोम अस्पतालले स्वास्थ्यकर्मीसहित आवश्यक उपकरण र औषधिको प्रबन्ध मिलाएको हो । उच्च ठाउँमा पुग्दा कतिपयमा लेक लाग्ने समस्या देखिने हुँदा तत्काल उपचारका लागि आइसियू कक्ष बनाइएको हो ।
मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ । भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान मुक्तिनाथ आउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि