बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नेपाल भ्रमणः यस्तो बन्दैछ जनकपुरमा भव्य मञ्च (फोटोफिचर)

मङ्गलबार, २५ वैशाख २०७५, १९ : ५२
मङ्गलबार, २५ वैशाख २०७५

प्रदेश प्रमुख कायस्थले गरे निरीक्षण 

जनकपुरधाम– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई मध्यनजर गर्दै अहिले जनकपुरमा भव्य तयारी गरिदैँछ । मोदीको भ्रमणको समय नजिकिदै गर्दा  जनकपुरधामको रंगभूमि मैदान बारहबिग्हादेखि सिंगो सहर जनकपुर सिंगारिएको छ भने प्रधानमन्त्री मोदीको अभिनन्दनका लागि भव्य मञ्च समेत निर्माण गरिदैछ । जानकी मन्दिर वरिपरि विशेष सजावट गर्ने काम जारी छ । मोदीको विशेष विमान अवतरण गर्ने स्थानदेखि जानकी मन्दिर हुँदै रंगभूमी मैदानसम्म विशेष सतर्कता अप्नाइने भएको छ । 

यसैक्रममा मंगलबार प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरधाममा भईरहेको तयारीका बिषयमा जानकारी लिएका छन् । जनकपुरधामको रँगभुमि मैदान बारहबिग्हा पुगी उनले मोदीलाई गरिने अभिनन्दन समारोहका लागि निर्माणधिन मञ्च तथा त्यहाँका तयारीका बिषयमा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसँग जानकारी लिएका थिए ।

त्यस्तै, उले जानकी मन्दिर पुगी जानकी मन्दिरको सरसजावट, तयारी तथा पुजापाठका बिषयमा जानकी मन्दिरका छोटा महन्थ राम रोशन दाससँग जानकारी लिएका छन् भने मोदीको हेलिकप्टर अवतरण हुने भनिएको जनकपुर विमानस्थलमा पुगी विमानस्थल प्रमुख मुरारी पौडेलसँग जानकारी लिएका थिए । तस्विरः ब्रम्हानन्द ठाकुर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप