जनकपुरमा हेलिकप्टरको सुरक्षा गस्ती
शुक्रबार, २८ वैशाख २०७५, ११ : ४३
जनकपुर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा ओर्लेपछि हेलिकप्टरले सुरक्षागस्ती भइरहेको छ । जानकी मन्दिर र बाह्रविघा वरपर नेपाली सेनाको हेलिकप्टरले सुरक्षागस्ती गरिहेको छ ।
प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरेर बाह्रविघा नागरिक अभिनन्दनका लागि जानेछन् ।
बाह्रविघामा विहानैदेखि स्थानीय जनता गएर बसिरहेका छन् ।
विहान ८ वजेदेखि नै भित्र पसेका छन् । मोदी जनकपुरमा आइसकेपछि बाह्र बिघा मैदानमा अब आउ जाउ गर्न दिइने छैन ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, राजपा नेपालका नेता राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता मातृका यादव १० वजेदेखि नै मञ्चमा बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण