जनकपुरमा हेलिकप्टरको सुरक्षा गस्ती
शुक्रबार, २८ वैशाख २०७५, ११ : ४३

जनकपुर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा ओर्लेपछि हेलिकप्टरले सुरक्षागस्ती भइरहेको छ । जानकी मन्दिर र बाह्रविघा वरपर नेपाली सेनाको हेलिकप्टरले सुरक्षागस्ती गरिहेको छ ।
प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरेर बाह्रविघा नागरिक अभिनन्दनका लागि जानेछन् ।
बाह्रविघामा विहानैदेखि स्थानीय जनता गएर बसिरहेका छन् ।
विहान ८ वजेदेखि नै भित्र पसेका छन् । मोदी जनकपुरमा आइसकेपछि बाह्र बिघा मैदानमा अब आउ जाउ गर्न दिइने छैन ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, राजपा नेपालका नेता राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता मातृका यादव १० वजेदेखि नै मञ्चमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी