निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मे ११ र १२ मा नेपाल भ्रमण गर्ने भएका छन् । मे १२ मा भारतको कर्नाटक राज्यमा विधानसभा निर्वाचन हुँदैछ । सोही दिन प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्न लागेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भारतीय आजतक–इन्डिया टुडेले नेपाली अधिकारीहरुलाई उदृत गर्दै भनेको छ, यो भ्रमणमा दुई देशबीच कृषि र रेलवे लगायतका विषयहरुमा सम्झौता हुनेछ र यसले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने जनाइएको छ । केही हप्ताअघि प्रधानमन्त्री केपी ओलीले भारतको राजकीय भ्रमण गरेका थिए ।
उक्त भ्रमणमा नेपाल र भारतबीच केही दिर्घकालीन र अल्पकालीन प्रभाव पार्ने खालका सम्झौता समेत भएका थिए । प्रधानमन्त्री ओलीको भ्रमणलगत्तै हुने भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीचको पछिल्ला वर्ष चिसिएको सम्बन्धमा थप सुधार आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण