बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

शुक्रबार, १४ वैशाख २०७५, १८ : २७
शुक्रबार, १४ वैशाख २०७५

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मे ११ र १२ मा नेपाल भ्रमण गर्ने भएका छन् ।  मे १२ मा भारतको कर्नाटक राज्यमा विधानसभा निर्वाचन हुँदैछ । सोही दिन प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्न लागेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतीय आजतक–इन्डिया टुडेले नेपाली अधिकारीहरुलाई उदृत गर्दै भनेको छ, यो भ्रमणमा दुई देशबीच कृषि र रेलवे लगायतका विषयहरुमा सम्झौता हुनेछ र यसले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने जनाइएको छ । केही हप्ताअघि प्रधानमन्त्री केपी ओलीले भारतको राजकीय भ्रमण गरेका थिए ।

उक्त भ्रमणमा नेपाल र भारतबीच केही दिर्घकालीन र अल्पकालीन प्रभाव पार्ने खालका सम्झौता समेत भएका थिए । प्रधानमन्त्री ओलीको भ्रमणलगत्तै हुने भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीचको पछिल्ला वर्ष चिसिएको सम्बन्धमा थप सुधार आउने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप