रुट बदले मोदीले, दिल्लीबाट सिधै जनकपुर

काठमाडौँ । दुई दिने राजकीय भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आइपुगेका छन् ।
एयर इन्डियाको भीटी–एआईवाई कलसाइन भएको एटिआर ७२–६०० विमानबाट प्रधानमन्त्री मोदी जनकपुर आएका हुन् ।
यसअघि मोदी पटना गएर, त्यहाँबाट हेलिकोप्टरबाट जनकपुर आउने चर्चा थियो । तर, उनी पटना नगएर दिल्लीबाट सिधै जनकपुर आएका हुन् ।
आज मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्ने छन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् ।
षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन रहेको छ ।
जानकी मन्दिरमा पुजापछि रामायाण सर्किटको सुंयुक्त घोषणा गरिनेछ । त्यसपछि उनी बाह्रविघा मैदानका लागि प्रस्थान गर्नेछन् र नागरिक अभिनन्दनमा सहभागिता र सम्बोधन गर्नेछन् । दिउँसो १२ः४० मा उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू