बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोदीको नेपाल भ्रमण : यी मुद्दामा वार्ता गर्ने तयारीमा प्रधानमन्त्री ओली

मङ्गलबार, २५ वैशाख २०७५, १६ : २७
मङ्गलबार, २५ वैशाख २०७५

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले  विगतका सहमति सम्झौता कार्यान्वयनमा जोड दिने भएको छ ।  यस्तै प्रधानमन्त्री  ओलीको हालैको  भारत भ्रमणका क्रममा भएका वार्ताका बुँदामा केन्द्रीत रहेर मोदीसँग फेरि  छलफल गर्ने तयारीमा पनि सरकार रहेको छ । यद्यपी सरकारले अहिलेसम्म मोदीको भ्रमणका क्रममा उठाउने एजेण्डाका विषय बाहिर ल्याएको छैन । 

प्रधानमन्त्री कार्यालय निकट स्रोतले दुई देशबीच सम्बन्ध विस्तार, तराईमा देखिएको डुबानको समस्या, विराटनगरको चेकपोस्ट, पेन्सन वितरण कार्यालय र विगतका सहमति सम्झौता कार्यन्वयन गर्ने सन्दर्भमै केन्द्रीत रहेर छलफल गर्ने तयारी भएको जानकारी दिएको छ । 

प्रधानमन्त्री ओलीले सोहि अनुसारको एजेण्डा तय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको पनि बताइएको छ ।

सोमबार जनकपुर पुगेका परराष्ट्रपति प्रदीप कुमार ज्ञवालीले अघिल्ला सम्झौताहरुको कार्यान्वयनमा नेपालको प्राथमिकता रहने बताएका थिए । उनले जलमार्ग, रेलमार्गदेखि कृषिमा साझेदारीसम्मका सबै विषयमा छलफल हुने सो क्रममा बताएका थिए  । 

‘प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा भएका केही घोषणाहरु छन्,’ मन्त्री ज्ञवालीले भने, ‘ती घोषणालाई समझदारी र सम्झौतामा रुपान्तरण गरिनेछ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ गतेदेखि भएको भारतको तीन दिवसीय राजकीय भ्रमणका क्रममा  भारतसँग जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने महत्वपूर्ण समझदारी भएको थियो । रक्सौल–काठमाण्डौं जोड्ने रेलमार्ग विस्तारमा सहमति भएपनि दुबै देशबीच हस्ताक्षर हुन बाँकी थियो ।  परराष्ट्रमन्त्री ज्ञवालीले मोदी नेपाल भ्रमणका आएकै दिन काठमाडौंमा तीनवटै सहमति भएका योजनामा हस्ताक्षर हुने दाबी गरेका छन् । 

भ्रमणलाई ऐतिहासिक र सफल बनाउन तथा दुई देशबीचको सम्बन्धलाई उचाईमा र्पुयाउन केही ठोस सम्झदारीहरुमा हस्ताक्षर हुने सरकारको भनाई छ । 

मोदीको नेपाल भ्रमणको दिन नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, परराष्ट्रविद् र सरोकारवालासँग छुट्टाछुट्टै छलफल गरेका छन् । 

बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले केही दिनमै हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । 

सोक्रममा पूर्व प्रधानमन्त्रीहरुले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिँदै सरकारले राष्ट्रिय हित हुनेगरी द्धिपक्षीय वार्ता गर्र्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।
छलफलपछि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले  भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण राष्ट्रिय हितमा केन्द्रित हुने  विश्वास व्यक्त गरे

यसैगरी मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गरिवी निवारणमा जोड दिएर बजेट ल्याउन प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदीको सदभाव भ्रमण नेपालको हितमा केन्द्रित हुने पनि बताए । 
बैठकमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीको नेपाल भ्रमणबारे बिफ्रिङ गरेका थिए । 

 पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा भट्टराई, लोकेन्द्रबहादुर चन्द र  मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मी बैठकमा उपस्थित भएका थिए भने पूर्व प्रधानमन्त्री झलनाथ खनाल भने उपस्थित भएका थिएनन् । 

यस्तै आजै ओलीले मंगलबार पूर्व परराष्ट्रमन्त्रीहरुलगायत अन्य दलका नेताहरुसँग पनि छलफल गरे । 

छलफलमा राजपा नेता महन्त ठाकुर, राजेन्द्र श्रेष्ठ, पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा महेन्द्र पाण्डे, परराष्ट्रविद् राजन भटराई लगायत सहभागि रहेका थिए । 


छलफलमा सहभागिहरुले मोदीको भ्रमणका बारेमा चासो राखेको एमाले नेता बामदेव गौतमले जानकारी दिए । 

गौतमका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रोको दुवै देशका प्रधानमन्त्रीले काठमाडौमा स्वीच थिचेर संयुक्त उद्घाटन गर्ने तयारी भएको जानकारी गराएका थिए ।

उनले रेलमार्ग,जलमार्ग र कृषिमा व्यावसायीकरणका लागि  महतवपुर्ण सम्झौता भ्मणका बेला हुने जानकारी गराएका थिए । 

त्यस्तै सीमा समस्या, बाँध लगायतमा समेत भारतीय पक्षले अब कुनै अवरोध नगर्ने यसअघि नै प्रतिवद्धता जनाएकाले  मोदीलाई भ्रमणको निम्ता दिएको छलफलमा प्रधानमन्त्रीले जानकारी गराएका थिए । सहभागिहरुले मोदीसँगको भेटमा हवाई रुट बढाउन र राष्ट्रिय अखण्डतामाथिको हस्तक्षेप रोक्ने विषयमा कुराकानी गर्न सुझाव दिएका थिए । 

परराष्ट्रविद राजन भट्टराईले भारतीय प्रधानमन्त्री मोदीसँग विराटनगरमा भएको वाणिज्य दूतावासको कार्यलय हटाउनुपर्ने विषयलाई पनि प्राथमिकतासाथ उठाउनुपर्ने सुझाव दिएको बताए । 

मोदी बैशाख २८ गते बिहानरको पटना हुँदै प्रदेश नम्बर २ को राजधानी जनकपुर आइपुग्ने तालिका छ ।  मोदीले नेपालमा रहँदा जानकारी मन्दीरमा पूजापाठ गर्नुका साथै रामयण सर्किटको घोषणा पनि गर्ने कार्यक्रम छ ।

यस्तै  जनकपुर अयोध्याबीच सीधा सुरुवात, बाह्रबिघा र काठमाडौंमा नागरिक अभिनन्दनका साथै मुस्ताङको मुक्तिनाथमा पूजाआजा गर्न पनि पुग्नेछन् । उनले काठमाडौंमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । मोदी र समकक्षी ओलीबीचको भेटवार्ताका क्रममा उल्लेखित सवालहरुमा छलफल हुनुका साथै महत्वपूर्ण सम्झौता  पनि हुने ठानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप