बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नेपाल भ्रमण विकासका सन्दर्भमा कोशेढुंगा सावित हुन्छः मन्त्री ज्ञवाली

सोमबार, २४ वैशाख २०७५, १६ : ४२
सोमबार, २४ वैशाख २०७५

जनकपुरधाम– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । 

जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए। 

परराष्ट्र मन्त्री ज्ञवालीले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अयोध्या बस सेवा र रामायण परिपथ परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए ।  उनले जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरको कार्यक्रम सम्पन्नपछि काठमाडौँं फर्किने र भारतीय प्रधानमन्त्री मोदी जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । 

जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुहुने बताइएको छ ।  भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते जनकपुरधाम आउनु हुने कार्यक्रम छ । सो दिन उनी जानकी मन्दिरमा पूजाअर्चना गरी र बाह्रबिगाहा रङ्गभूमि मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुने जनाइएको छ । 

कार्यक्रमलाई दृष्टिगत गरी भारतीय सुरक्षा अधिकारी र सुरक्षा सामग्री आज जनकपुरधाम आइसकेको बताइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप