मोदीको नेपाल भ्रमण विकासका सन्दर्भमा कोशेढुंगा सावित हुन्छः मन्त्री ज्ञवाली
जनकपुरधाम– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए।
परराष्ट्र मन्त्री ज्ञवालीले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अयोध्या बस सेवा र रामायण परिपथ परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए । उनले जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरको कार्यक्रम सम्पन्नपछि काठमाडौँं फर्किने र भारतीय प्रधानमन्त्री मोदी जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।
जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुहुने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते जनकपुरधाम आउनु हुने कार्यक्रम छ । सो दिन उनी जानकी मन्दिरमा पूजाअर्चना गरी र बाह्रबिगाहा रङ्गभूमि मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुने जनाइएको छ ।
कार्यक्रमलाई दृष्टिगत गरी भारतीय सुरक्षा अधिकारी र सुरक्षा सामग्री आज जनकपुरधाम आइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण