मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने
शुक्रबार, २८ वैशाख २०७५, ०९ : ०७

धनुषा - आज जनकपुर भ्रमणमा आउनुहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्ने भएका छन् ।
मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।
जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् ।
षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा संसद् बैठक : राप्रपाको बहिष्कारदेखि रास्वपाको पलेँटी कसेर विरोधसम्म
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन