भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि फेरिएको काठमाडौं (फोटोफिचर)
बिहीबार, २७ वैशाख २०७५, १४ : ५०
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबारदेखि हुने राजकीय भ्रमणका लागि काठमाडौंमा विशेष तयारी गरिएको छ । काठमाडौंका सडक रंग्याउनेदेखि आकर्षक स्वागत द्वारले काठमाडौं झकिझकाउ देखिन्छ । सडकका दायाँ–बायाँ नेपाल र भारतका झण्डा फहराइरहेका छन् भने स्वागत गेटमा दुई देशका प्रधानमन्त्रीको तस्विर देख्न सकिन्छ ।
राजधानीको वानेश्वर, माइतीघर मण्डला, थापाथली लगायतका सडकमा स्वागत गेट र दुई देशका राष्ट्रिय झण्डा फहराइरहेका छन् । भारतीय प्रधानमन्त्री मोदी शुक्रबार जनकपुर आइपुग्नेछन् भने त्यसलगत्तै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । त्यसपछि मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुग्नेछन् । तस्विरः सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
-
तस्बिरमा संसद् बैठक : राप्रपाको बहिष्कारदेखि रास्वपाको पलेँटी कसेर विरोधसम्म
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा. अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति