मोदी मे २१ मा नेपाल भ्रमण आउने
शनिबार, ०८ वैशाख २०७५, १० : ४१
काठमाडौं -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन्।
हिन्दुस्तान टाइम्सले यो समाचार लेखेको छ ।
नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ ।
मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ ।
२०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए ।
मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ।
संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ।
शुरुमा भारतले नेपालको संविधानलाई स्वागत गरेको थिएन् ।
यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अनितम समयमा रोकिएको थियो ।
भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए।
ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण