रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

तनहुँ – आबुखैरेनीबाट डुम्रे हुँदै अगाडी बढ्दा बाटोमा तुल, ब्यानगर र पार्टीका झण्डा खासै देखिँदैन । दोस्रो चरण अर्थात मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तनहुँ–१ बाट नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठ ‘किसान’ चुनावी प्रतिस्पर्धामा छन् ।
पौडेलले ०४८ सालदेखि लगातार निर्वाचन जितेपनि तनहुँमा कुनै विकास नगरेको आरोप लगाउँदै आफूलाई एक चान्स दिन श्रेष्ठले आग्रह गरेका छन् । यता पौडेल प्रश्न गर्छन्, ‘मैले नगरेको भए तनहुँको सारा विकास कसरी भयो ?’
प्रचार–प्रसारको समय धेरै बाँकी भएर पनि होला दुवै उम्मेद्वार घरदैलोमै केन्द्रित भएका छन् । छिमेकी जिल्ला गोरखाको जस्तो आक्रामक प्रचार तनहुँमा देखिँदैन । तर बिहानैदेखि उम्मेदवारहरु गाडीको लस्कर लिएर राजमार्ग र त्यस आसपासका बस्तीतिर दौडिरहन्छन् ।
बामपन्थी गठबन्धको साझा उम्मेद्वार किसान श्रेष्ठ र राष्ट्रिय छवी भएका हेभिवेट मानिने काङ्ग्रेस बरिष्ठ नेता पौडेलको भीडन्तलाई निकै चासोको रुपमा हेरिएको छ । यस्तो बेला तीन दिनदेखि रातोपाटी टिमले उनीहरु दुवैलाई पछ्याएको छ । मतदाता आकर्षित गर्नका लागी काङ्ग्रेस नेता पौडेल आइतबार डुम्रेका एक स्थानीयको
मृत्युको खबर थाहा पाएसँगै घाटमा मलामी गएका छन् ।
उता किसान भने पहिलो चरणमा काङ्ग्रेसको गढमै छिरेर घरदैलो गरिरहेका छन् ।