बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

शुक्रबार, २४ कात्तिक २०७४, १६ : २४
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौं– आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुलुकका ८ जना पुर्व गृहमन्त्रीहरु प्रत्यक्षतर्फ निर्वाचन लड्दैछन् । समग्र मुलुकको सुरक्षा अवस्था बुझेका र गृहप्रशासन हाँकिसकेका यी पुर्व गृहमन्त्रीहरु को कहाँबाट निर्वाचन लड्दैछन ? निर्वाचनको जित हारमा कति सुरक्षित छन् र उनिहरुका प्रतिश्पर्धी कस्ता छन् त ? 

क. भीम रावल
एमालेका उपाध्यक्ष समेत रहेका पुर्व गृहमन्त्री हुन् भिम रावल । तत्कालिन माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्रालय सम्हालेका रावल प्रहरी संगठनमा राम्रै पकड राख्ने पुर्व गृहमन्त्रीमध्येमा पर्छन् । उनलाई गृहको अलवा रक्षा मन्त्रालय सम्हालेको अनुभव समेत छ । 

यो निर्वाचनमा अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सभा निर्वाचनका लागि प्रतिश्पर्धामा उत्रेका रावल बाम गठबन्धनका साझा उम्मेदवार हुन् । रावलको प्रतिश्पर्धीका रुपमा कांग्रेसबाट भरतकुमार स्वाँर उम्मेदवार बनेका छन् । ६८ हजार ५ सय ९३ मतदाता रहेको यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचमा कांग्रेसले १८ हजार २ सय ९७, नेकपा एमालेले १८ हजार २१ र माओवादी केन्द्रले १२ हजार १ सय ७७ मत ल्याएको थियो । यसआधारमा यहाँ बाम गठबन्धनका रावलको पक्षमा ३० हजार १ सय ९८ मत हुन जान्छ । यो कांग्रेसको भन्दा ११ हजार ९ सय १ मत बढी हो । 

ख. जनार्दन शर्मा
माओवादी केन्द्रका नेता जनार्दन शर्मा तत्कालिन गृहमन्त्री हुन् । शेरबहादुर देउवा नेतृत्वका सरकारमा सुरुमा गृहमन्त्री बनेका शर्मा हाल विनाविभागिय मन्त्री छन् । शर्मा बाम गठबन्धनबाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम रुकुमबाट उम्मेदवार बनेका छन् । रुकुममा राम्रै प्रभाव राख्ने शर्मा यो निर्वाचनमा काङ्ग्रेसका नेता गोपालजीजङ्ग शाहसँग प्रतिस्पर्धा गर्दैछन् । 

गत स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रको मत जोड्दा रुकुम पश्चिममा वाम दलको मत ३५ हजार ८ सय ३५ मत हुन्छ । यहाँ माओवादी केन्द्रले मात्रै  २७ हजार ४ सय ३१ मत ल्याएको थियो । त्यस्तै स्थानीय चुनावमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७ सय ६८ मत बढी हो । १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता छन् । रुकुम पश्चिममा पहिलो चरणमा निर्वाचन हुदैछ । 

ग.कृष्णप्रसाद सिटौला 
कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पुर्व गृहमन्त्री हुन । गृह प्रशासन राम्रोसँग बुझेका सिटौलाले तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको कार्यकालमा गृहमन्त्रालय सम्हाल्ने मौका पाएका थिए । उनि अहिले झापा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचनमा प्रतिश्पर्धा गर्दैछन् । सिटौलासँग राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले चुनावी प्रतिश्पर्धा गर्दैछन् । लिङदेनलाई बाम गठबन्धनको समर्थन रहेको छ । स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेसको मत २० हजार ५४४ हुन्छ भने विपक्षी एमाले र माओवादीको मत जोड्दा एमालेले १९ हजार ८ सय ८० २९३६८ हुन्छ । यसरी हेर्दा सिटौलाले झण्डै नौ हजार मत आफ्नो पक्षमा पार्न ठुलै कसरत गर्नुपर्ने देखिन्छ । प्रदेश नम्बर १ मा पर्ने झापामा पहिलो चरणअन्र्तगत  मंसिर १० गते निनर्वाचन हुदैछ । 

घ.कमल थापा 
राप्रपाका अध्यक्ष समेत रहेका कमल थापा पुर्व गृहमन्त्री र हालका ऊर्जा मन्त्री पनि हुन् । उनि आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचन लड्दैछन् । थापालाई कांग्रेसको समर्थन छ । त्यस्तै थापाका प्रतिश्पर्धीका रुपमा एमालेका पुराना नेता कृष्णप्रसाद दाहाल छन् । दाहाललाई बाम गठबन्धनको समर्थन छ । यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले ल्याएको मतका आधारमा काङ्ग्रेसले २३ हजार ५ सय ४८, एमालेले २७ हजार १ सय ४३, माओवादीले १४ हजार ५ सय २ र राप्रपाले १० हजार ८ सय ३५ मत पाएको थियो । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ४१ हजार ६ सय ४५ र थापाको  पक्षमा ३४ हजार ३ सय ८३ मत रहेको छ । यहाँ ७ हजार ३ सय ३३ मतले वाम गठबन्धन अगाडि रहेकाले कमल थापाका लागि जित निकाल्न हम्मे पर्ने देखिन्छ । 

ङ.विजयकुमार गच्छदार
फोरम लोकतान्त्रिक हुदै कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छेदार पनि पुर्व गृहमन्त्री हुन् । झलनाथ खनाल नेतृत्वको सरकारमा गृहमन्त्री बनेका गच्छदार हाल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत छन् । 

आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सुनसरी ३ मा कांग्रेस गठबन्धनबाट उम्मेदवारी दिएका गच्छदारका मुख्य प्रतिस्पर्धी वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी छिन् । 

गत स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो । यस आधारमा यो क्षेत्रमा वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिककोपक्षमा ४१ हजार १ सय ३९ मत हुन जान्छ । अवको निर्वाचनमा पनि यसैगरी मत आए गच्छदार पुनः निर्वाचित बन्ने पक्का छ । एक नम्बर प्रदेशमा पर्ने यो जिल्लामा दोस्रो चरणमा निर्वाचन हुदैछ । जहा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् ।

च.बामदेव गौतम
एमाले उपाधयक्ष बामदेव गौतम बर्दियाबाट निर्वाचन लड्दैछन् । गौतम पुर्व गृहमन्त्री पनि हुन् । बाम गठबन्धनको तर्फबाट यो निर्वाचनमा पुर्व गृहमन्त्री गौतमसँग काङ्ग्रेस नेता तथा हालका सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले प्रतिस्पर्धा गर्दैछन् । यो निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत आएको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७ सय ४२ मत आएको थियो  । यो हिसावमा बाम गठबन्धनका गौतम २९ हजार १ सय ६३ मतले अगाडि रहेपछि उनको जित पक्का जस्तै बनेको छ । 

छ.शक्ति बहादुर बस्नेत
माओवादी केन्द्रका युवा नेतामा पर्छन् शक्तिबहादुर बस्नेत । बस्नेत पुर्व गृहमन्त्री समेत हुन् । जाजरकोटबाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका बस्नेतसँग कांग्रेसका राजिविक्रम शाहले चुनावी प्रतिश्पर्धा गर्दैछन् । जाजरकोटको स्थानीय तहको निर्वाचन मतका आधारमा बामपन्थी दलको ३८ हजार ६१ मत रहेको छ भने नेपाली काङ्ग्रेसको १९ हजार ४ सय ३९ छ । यस हिसावमा बस्नेत झण्डै १८ हजार मतले अगाडि देखिन्छन्  । १ निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यो पटक ८३ हजार ९ सय ३६ मतदाता छन् ।

ज .विमलेन्द्र निधी
पूर्व गृहमन्त्री र कांग्रेसका नेता समेत रहेका विमलेन्द्र निधी धनुषा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचन लड्दैछन् । यो क्षेत्रमा राजपाका राजेन्द्र महतो समेत उम्मेदवार बनेपछि उनका निकटतम प्रतिश्पर्धी महतो नै हुने अनुमान गरिएको छ । 

कांग्रेसका नेता निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच चुनावी टक्कर हुने भएपछि यस क्षेत्रको चर्चा बढि नै भइरहेको छ । कांग्रेस र मधेशवादी दलबीच चुनावी तलमेल गर्ने सहमति भएपनि यो क्षेत्रमा नमिलेपछि यी दुई नेता आमने सामनेमा आएका हुन् ।यस क्षेत्रमा बाम गठबन्धनका छुट्टै उम्मेदवार पनि छन् । यहाँको गत स्थानीय तहको मत परिणाममा कांग्रेसले १८ हजार १ सय ३३ मत पाएको थियो भने राजपाले १३ हजार १७२ मत ल्याएको थियो । त्यस्तै एमालेले १२ हजार मत ल्याएको थियो  । फोरम लोकतान्त्रिकले ८०६ मत ल्याएकोमा यो मत पनि निधीलाई नै जाने देखिन्छ । एमाले र माओवादीको मत बाम गठबन्धनलाई जाने तथा संघीय समाजबादी फोरमको मत राजपालाई जाने देखिन्छ । 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप