शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

बुधबार, २५ असोज २०७४, १७ : ३२
बुधबार, २५ असोज २०७४

काठमाडौं– स्थानीय तहको चुनावलगत्तै हुन लागेको प्रदेश र केन्द्रको चुनावमा कुन पार्टीको कस्तो अबस्था रहला ? राजनीतिक वृतमा यसको बसह र जनस्तरमा छलफल शुरु भएको छ । अझ् पार्टीहरुवीचको चुनावी धुव्रीकरणपछि दुई कित्तामा देखिएको राजनीतिले आगामी चुनाव थप पेचिलो हुने देखिएको छ । यद्यपी तीन वटा पार्टी मिलेर बामगठबन्धन बनाइसकेका छन् भने काँग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको कसरत जारी छ ।

आज हामी स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार मानेर आगामी चुनावको सम्भावित अंकगणितमाथि हिसाव केलाउने कोशिष गर्दैछौँ । पहिला जानौँ स्थानीय तहमा कुन दलले कति मत पाएका थिए । त्यसभन्दा अगाडि स्थानीय तहको चुनावमा कुल मतदाता कति थिए, कति मत खसेका थिए र प्रतिशतमा यो अंक कति थियो ? यो जान्नु आवश्यक छ, ताकि यसैका आधारमा आगामी चुनावको सम्भावित खेलको हिसाव बुझ्न सजिलो होस् ।

स्थानीय तहको चुनावमा कुल मतदाता १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता थिए । स्थानीय तहको निर्वाचनमा १ करोड चार लाख ३१ हजार ४ सय ६० भोट खसेकोमा कुल ९१ लाख ६१ हजार ७ सय ६३ मत सदर भएको थियो । १२ लाख ६९ हजार ६ सय ९७ मत बदर भएको थियो ।
 
पहिला जानौँ स्थानीय तहको चुनावी अंकगणित

कुन पार्टीको मत कति ?
 

तीन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देशभर राजनीतिक दलले पाएको मतपरिणाम जोड्दा नेपाली कांग्रेस र एमालेले नजिक हाराहारीमा कुल मत पाएका छन् ।

स्थानीय तहका प्रमुखले पाएको कूल मत जोड्दा एमालेले देशभर ३१ लाख २८ हजार ३ सय ६३ मत पाएको छ । चुनावमा खसेको सदरमतको यो अंक ३४ दशमलव १४ प्रतिशत हो ।

७५३ स्थानीय तहमध्ये एमाले २९४ तहमा जित निकाल्यो । अर्थात ३४ दशमलव १४ प्रतिशत भोट पाउँदा एमालले ३९ दशमलव ०४ प्रतिशत स्थानीय तहको सिट जित्यो ।

दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले देशभरीमा कुल मत ३१ लाख १५ हजार ६ सय ६४ मत पाएको छ । कुल मत जोड्दा नेपाली कांग्रेस भन्दा एमाले १२ हजार ६ सय ९९ मतले अगाडि छ । चुनावमा खसेको कांग्रेसको सदरमतको यो अंक ३४ प्रतिशत हो ।

७५३ स्थानीय तहमध्ये काँग्रेसले २ सय ६७ तहमा जित निकाल्यो । ३४ प्रतिशत भोट पाउँदा काँग्रेसले ३५ दशमलव ४५ प्रतिशत स्थानीय तहमा जित्यो ।
 
तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले १६ लाख ७ हजार ७ सय ५८ मत ल्याएको  छ । देशभरी कूल खसेको मत मध्ये १७ प्रतिशत मत ल्याएको माओवादीले १०५ स्थानमा विजयी हुँदा १३ दशमलव ९५ प्रतिशत सिट जितेको छ ।
 
चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले ४ लाख २४ हजार ५ सय १० मत ल्याएको छ । यो ४ दशमलव ६३ प्रतिशत हो । यो दलले कूल ३५ स्थानीय तह जितेको छ जुन ४ दशमलव ६४ प्रतिशत हो ।
 
यस्तै पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६२ हजार ७ सय ६७ मत ल्याएको छ भने ५ स्थानीय तहमा विजयी भएको छ । राप्रपाले कुल मतमा २ दशमलव ९५ प्रतिशत मत ल्याएको छ । सिटसंख्यामा आधारमा राप्रपाले ० दशमलव ६६ प्रतिशत सिट जितेको छ ।
 
छैटौँ स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ७० हजार ३ सय ३८ मत ल्याएको छ । यो दलले २ दशमलव ९५ प्रतिशत मत हो । २६ स्थानीय तह जितेको राजपाले ३ दशमलव ४५ प्रतिशत सिट जितेको छ ।
 
सातौ स्थानमा रहेको मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले १ लाख २५ हजार ८ सय ५७ मत ल्याएको छ । यो २ दशमलव १७ प्रतिशत मत हो । यो दलले ९ स्थानीय तहमा विजय हासिल गरेको छ, जुन १ दशमलव १९ प्रतिशत हो ।


 
नवौँ स्थानमा रहेको नयाँ शक्ति पार्टी नेपालले ७१ हजार १ सय ७५ मत ल्याएको छ । जुन कुल मतको ० दशमलव ७७ प्रतिशत हो । यो दलले २ स्थानीय तहमा जित निकालेको छ जुज ० दशमलव २६ प्रतिशत हो ।
 
गठबन्धन जोडिँदा के हुन्छ परिणाम ?
मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले, माओवादी केन्द्रले गठबन्धन बनाएका छन् । उता नेपाली कांग्रेसले पनि राप्रपा तथा मधेशकेन्द्रीत दलसँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाँउने गृहकार्य जारी राखेको छ । 

गठबन्धन निमार्ण भएपछि दलहरुको मतको अंकगणित कस्तो हुन्छ त ?

बाम गठबन्धन 
बाम गठबन्धन अन्र्तगत रहेका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा देशभर क्रमश ः ३४ दशमलव १४, १७ र ० दशमलव २६ प्रतिशत मत ल्याएको थियो ।

यसरी स्थानीय तहमा बाम गठबन्धनका ३ दलले कुल ५१ दशमलव ४ प्रतिशत मत ल्याएका थिए भने ५३ दशमलव ७६ स्थानीय तह जितेका थिए । बाम गठबन्धनको कुल मत परिणाम हेर्दा ४८ लाख ७ हजार २ सय ९६ मत हुन्छ । ५१ प्रतिश भनेको गठबन्धनसँग बहुमत मत देखिएको छ ।

स्थानीय तह जितको आधार हेर्दा बाम गठबन्धनका एमालेले २९४, माओवादी केन्द्रले १०५ र नयाँ शक्तिले २ स्थान गरी कुल ४ सय १ स्थानीय तहमा विजय हासिल गरेको थियो ।

लोकतान्त्रिक गठबन्धन 
नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बन्यो भने ती यसको पनि आफ्नै हिसाव छ । स्थानीय तहको निर्वाचनमा देशभर पाएको कुल मत अनुसार नेपाली कांग्रेसले ३४ प्रतिशत मत पाएको थियो भने ३५ दशमलव ४५ प्रतिशत स्थानीय तहमा जित निकालेको थियो ।

यता संघीय समाजवादी फोरम नेपालले देशभरबाट ४ दशमलव ६३ प्रतिशत मत र ४ दशमलव ६४ प्रतिशत स्थानीय तह जितेको थियो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ दशमलव ९५ प्रतिशत मत ल्याएको थियो भने  ० दशमलव ६६ स्थानीय तहमा विजयी भएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालले २ दशमलव ९५ प्रतिशत मत र ३ दशमलव ४५ स्थानीय तहमा विजयी हासिल गरेको थियो ।

यता मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले २ दशमलव १७ प्रतिशत मत ल्याएर १ दशमलव १९ प्रतिशत स्थानीय तहमा जित निकालेको थियो ।

लोकतान्त्रिक गठबन्धनले कुल ३७ लाख ७४ हजार ६ सय २६ मत पाएका छन् । यसरी लोकतान्त्रिक गठबन्धनले ३ सय ४२ स्थानीय तह जितेका छन् । प्रतिशतका आधारमा हेर्दा स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन अन्र्तगत रहेका दलले देशभरबाट ४६ दशमलव ७ प्रतिशत मत ल्याएका थिए भने ४५ दशमलव ३९ प्रतिशत स्थानीय तह जितेका थिए ।

बाम र लोकतान्त्रिक गठबन्धनबीच कसको शक्ति कति ?
 

स्थानीय तहको निर्वाचनमा दलले पाएको मतका आधारमा बाम गठबन्धनको भन्दा लोकतान्त्रिक गठबन्धनको ४१ स्थानीय तह कम छ भने कूल मत जोड्दा बाम गठबन्धन १० लाख ३२ हजार ६ सय ७० मतले अगाडि छ । मत प्रतिशतका आधारमा बाम गठबन्धन ७ दशमलव ०६ प्रतिशत मतले अगाडि छ  ।

यद्यपी अघिल्लो चुनावको तुलनामा आगामी निर्वाचनका लागि १३ लाख ७३ हजार २ सय ४९ मतदाता थपिएका छन् । अहिले १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप