शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

बुधबार, ०८ कात्तिक २०७४, १५ : ५७
बुधबार, ०८ कात्तिक २०७४

काठमाडौं– पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनीधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । यसका लागि मनोनयन भैसकेको छ र उम्मेद्वारहरु चुनावी प्रचारमा लागेका छन् । स्थानीय तहमा पाएको मतलाई आधार मानेर बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी रणनीति तयार पार्दैछन् ।

यस अघि रातोपाटीले पहिलो चरणमा निर्वाचन हुन थालेका ३७ प्रतिनीधिसभा क्षेत्रमा १० हजार भन्दा बढी मत अन्तर भएका १८ वटा निर्वाचन क्षेत्रको समाचार प्रकाशित गरेको थियो । जुन समाचार तपाईं यहाँबाट पनि पढ्न सक्नुहुन्छ ।

अव हामीले १० हजार भन्दा कम र पाँच हजार भन्दा बढी भएका प्रतिनीधिसभाका निर्वाचन क्षेत्रको हिसाव राख्ने कोशिष गर्दैर्छौँ । यो हिसाव हामीले स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार मानेर बनाएका हौँ ।
 
१– सोलुखुम्बुमा बामगठबन्धन ९ हजार मत बढी
मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीवीच चुनावी प्रतिष्पर्धा हुँदैछ । गएको स्थानीय तहको निर्वाचनमा बाम दलले सोलुखुम्बुमा २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ मत भन्दा धेरै छ । यहाँ पनि बाम गठबन्धनलाई जित्न नेपाली कांग्रेसलाई कडा चुनौती रहेको छ । प्रतिनीधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता रहेका छन् ।
 
२–ओखलढुङ्गामा बामगठबन्धनको ७ हजार बढी मत
ओखलढुङ्गामा प्रतिनिधी सभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका तर्फबाट रामहरी खतिवडाका बिच प्रतिष्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा यहाँ बाम गठबन्धन दलले ३३ हजार ५ सय ३१ मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यहअधारमा यहाँ बाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा ७ हजार ४ सय २६ मत बढी छ ।

२०७० को दोश्रो संविधान सभाको निर्वाचनमा एमालेका तर्फबाट ओखलढुङ्गा क्षेत्र नं. १ बाट बिजयी सांसद यज्ञराज सुनुवार र २ बाट निर्वाचित रामहरि खतिवडावीचको चुनावी प्रतिष्पर्धा रोचक हुने भएको छ । अहिले ओखलढुङ्गामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने १ लाख २ हजार २ सय ६३ मतदाता रहेका छन् । यही एक मात्र क्षेत्रमा दुई नेतावीच भीडन्त हुँदैछ ।
 
३–ताप्लेजुङमा बामगठबन्धनको ५ हजार बढी मत
मंसिर १० गते हुने निर्वाचनका लागि ताप्लेजुङ्मा प्रतिनिधी सभा निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिष्पर्धा गर्दैछन् ।

यहाँ स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको २४ हजार ९ सय १७ मत आएको थियो भने नेपाली कांग्रेसको १९ हजार ५ सय ७२ मत आएको थियो । यसआधारमा यहाँ नेपाली कांग्रेसको भन्दा बाम गठबन्धनको  ५ हजार ३ सय ४५ मत बढी छ । ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १२ सय ७ मत

रहेको छ । यहाँ अन्य दलहरुको अवस्था भने नाजुक रहेको छ । यसआधारमा यहाँ बाम गठबन्धनको चुनौती सामना गर्न कांग्रेसलाई कठिन पर्नेछ ।

प्रतिनिधी सभा निर्वाचाका लागि एक क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता रहेका छन् ।
 
४– संखुवासभामा बामगठबन्धनको ६ हजार मत बढी
प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधी सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ १ लाख ५ हजार ६१ मतदाता रहेका छन् ।
यहाँ माओवादी केन्द्र र एमालेको बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् । खड्का पूर्वमन्त्री हुन् ।

गत स्थानीय तहको निर्वाचनमा संखुवासभामा बाम गठबन्धनले ३३ हजार ६ सय २४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ४ सय ६१ मत ल्याएको थियो । यहाँ नेपाली कांग्रेसले भन्दा बाम गठबन्धनले ६ हजार १ सय ६३ बढी मत पाएको छ ।
  
५–रोल्पामा बामगठबन्धन ८ हजार मतले अगाडि
रोल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वर्षमान पुन र नेपाली काङ्ग्रेसकातर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

रोल्पामा गत स्थानीय तहको निर्वाचनमा रोल्पामा वाम गठबन्धनले कुल २५ हजार २ सय ३९ मत पाएको थियो भने नेपाली काङ्ग्रेसले १६ हजार ५ सय ९६ मत पाएको थियो ।

यस आधारमा यो जिल्लामा वाम गठबन्धन नेपाली काङ्ग्रेसभन्दा ८ हजार ६ सय ४३ मतले अगाडि रहेको छ ।

निर्वाचनका लागि रोल्पामा १ लाख २७ हजार ६ सय ६८ मतदाता छन् ।
 
६–दार्चुलामा बामगठबन्धनको ८ हजार ७ सय मत बढी
दार्चुलामा वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि गणेश ठगुन्ना र नेपाली काङ्ग्रेसका तर्फबाट विक्रम सिंह चुनावी मैदानमा छन् ।
स्थानीय तहको निर्वाचनमा दार्चुलामा नेपाली काङ्ग्रेसले २१ हजार ७ सय ६८ मत पाएको थियो । यस्तै नेकपा एमालेले २० हजार ४ सय ४५ मत र माओवादी केन्द्रले १० हजार ५१ मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको ३० हजार ४ सय ९६ मत छ, जुन नेपाली काङ्ग्रेसको भन्दा ८ हजार ७ सय २८ मत बढी हो ।

दार्चुलामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७८ हजार ५ सय १२ मतदाता रहेका छन् । यहाँ प्रतिनिधि सभा निर्वाचनका लागि १ क्षेत्र रहेको छ ।
दार्चुलामा स्थानीय तहमा यी दलहरूले पाएको मतको विश्लेषण गर्दा वाम गठबन्धनलाई पराजित गर्न नेपाली काङ्ग्रेसले मिहिनेत गर्नुपर्ने देखिन्छ ।
 
७– हुम्लामा बामगठबन्धनको ६ हजार २ सय ५९ मत बढी
हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्रका चिमी लामा र नेपाली काङ्ग्रेसका मङ्गल शाहीबीच प्रतिष्पर्धा हुँदैछ । यद्यपि हुम्लामा माओवादी केन्द्रका दुई उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री समेत रहेका छक्कबहादुर लामा  सोनाम ग्लजेन लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगभग समान हाराहारीमा मत पाएका थिए । नेपाली काङ्ग्रेसले ६ हजार ८ सय ८६, नेकपा एमालेले ६ हजार ८ सय ६८ र माओवादी केन्द्रले ६ हजार २ सय ७७ मत ल्याएको थियो । यस आधारमा हेर्दा यहाँ बाम गठबन्धनको १३ हजार १ सय ४५ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ५९ मत बढी हो । हुम्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र तोकिएको छ भने यहाँ २७ हजार ४ सय ३५ मतदाता रहेका छन् ।
 
८–डोल्पामा बामगठबन्धन ५ हजार मत बढी
डोल्पामा वाम गठबन्धनका तर्फबाट एमाले नेता धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका तर्फबाट अङ्गद बुढाबीच प्रतिष्पर्धा भइरहेको छ ।
स्थानीय तहको निर्वाचनमा डोल्पामा नेकपा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले ५ हजार ९ सय ७०, नेपाली काङ्ग्रेसले ३ हजार १ सय ९५ र माओवादी केन्द्रले २ हजार ३ सय २६ मत ल्याएको थियो । यस आधारमा डोल्पामा वाम गठबन्धनको ८ हजार २ सय ९६ मत छ, जुन नेपाली काङ्ग्रेसको भन्दा ५ हजार १ सय १ मत हो । प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको डोल्पामा १८ हजार ७ सय ६७ मतदाता छन् । डोल्पामा अन्य दलको उपस्थिति खासै राम्रो छैन ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप