बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

शुक्रबार, २४ कात्तिक २०७४, १२ : १३
शुक्रबार, २४ कात्तिक २०७४

तेजेन्द्र के.सी.

बुटवल  । रूपन्देही जिल्ला नेपालको मध्यपश्चिम क्षेत्रको उद्योग र व्यापार क्षेत्र केन्द्र मात्रै नभएर राजनीतिक केन्द्र पनि हो ।

पञ्चायती व्यवस्थादेखि मधेस आन्दोलनसम्म जोडिएको रूपन्देहीमा जिल्लामा पनि अन्य जिल्लामा जस्तै यति बेला चुनावी सरगर्मी निकै बढेको छ ।  

मङ्सिर २१ गते दोस्रो चरणमा हुने चुनावका लागि प्रमुख दलका प्रभावशाली नेताहरूले उम्मेदवारी दिएका कारण यस क्षेत्रमा चुनावी माहोल बढी तातेको छ । पार्टीले टिकट दिएका उम्मेदवारप्रति चित्त नबुझेर बागी उम्मेदवार बन्ने र कारवाही भोग्नेसम्म कामले यहाँको राजनीति थप तातेको छ ।

जिल्लामा ७ क्षेत्रबाट घटाएर ५ क्षेत्रमा कायम गरेको छ । ती क्षेत्रमा प्रत्येक क्षेत्रमा बाहलवाल तथा पूर्वमन्त्रीहरू चुवानी मैदान छन् ।

निर्वाचन आयोग रूपन्देहीका अनुसार  कूल मतदाता पाँच लाख २२ हजार ६०२ रहेको रूपन्देहीमा २०८ मतदानस्थल र ५९८ मदतान केन्द्र तोकिएको छ ।  केन्द्रीय स्तरका नेताहरू  तथा दुई बाहलवाल मन्त्री ६ जना पूर्वमन्त्री चुनावी मैदानमा उत्तिएकाले थप रोचक बनेको छ ।

जिल्लामा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र हुँदैछन् ।

रूपन्देही १– वतर्मान राज्य मन्त्री र पूर्वमन्त्री बीच प्रतिस्पर्धा : पुरानै लडाइँ
रूपन्देही क्षेत्र नम्बर १ मा वर्तमान खानेपानी तथा सरसफाइ  राज्य मन्त्री एवं नेपाली काङ्ग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक र पूर्व कृषि मन्त्री एव एमाले केन्द्रीय सदस्य छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

रज्जाक लोकतान्त्रिक गठबन्धनको समर्थन छ भने विश्वकमालाई वामपन्थी गठबन्धनको साथ छ । दुवै जना पुराना प्रतिस्पर्धी हुन् ।

२०७० सालको संविधानसभा चुनावमा रज्जाकसँग विश्वकर्मा झिनो मतले पराजित भएका थिए ।

रज्जाकले १४ हजार ४ सय मत पाउँदा विश्वकर्माले १४ हजार १ सय ९६ मत प्राप्त गरेका थिए । दुवै नेता स्थानीय माझ परिचित छन् ।

२०६४ सालको संविधानसभा चुनावमा माओवादीका घनश्याम अहिर यादवले १२ हजार ६२४ मत पाएर विजयी हुँदा काङ्ग्रेसका अब्दुल रज्जक ११ हजार ३ मत पाएर पराजित भएका थिए ।

उता एमाले स्थायी कमिठी सदस्य तथा  भलिबल खेलाडीसमेत रहेका विश्वकर्मा पार्टीको काम र अन्य कामले  स्थानीयमाझ भिजेका छन् । रूपन्देहीको अन्य क्षेत्रभन्दा यसमा निकै कडा प्रतिस्पर्धा हुने दुवै गठबन्धनका नेताहरूको भनाइ छ ।

पूर्वअर्थ मन्त्री पौड्यल काङ्ग्रेसका नेता गिरी
रूपन्देही क्षेत्र नम्बर २ मा एमालबाट पूर्व अर्थमन्त्री विष्णु पौडेल  र काङ्ग्रेसका जिल्ला स्तरका नेता  युवराज गिरी चुनावी मैदानमा छन् । अन्य साना दलहरू समेत उम्मेदवारी पनि  गिरी र पौड्यलको मुख्य चर्चा छ ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका पौडेल यसअघि   रूपन्देही क्षेत्र नम्बर ४ रहेको बुटवल क्षेत्रमा दुई पटक विजयी भएका हुन्  । काङ्ग्रेसका महासमिति सदस्य  गिरीले पहिलो पटक चुनावी मैदान उत्तिएका छन् ।  

दोस्रो पटक  बुटवलमा तत्कालीन माओवादीका डा. बाबुराम भट्टराईलाई चुनाव जितेपछि पौडेल अर्थमन्त्री बनेका थिए ।

लामो नेपाली काङ्ग्रेसको राजनीति गरेका  गिरीसँग बौद्धिक तथा लोकतान्त्रिक आचारण छ ।

चर्चित रूपन्देहीको सुरजपुरा घटनासँग जोडिएका गिरी पार्टीका  पटक पटक चुनाव लडे पनि जनतामाझ पहिलो पटक पुग्दा निकै उत्हासित देखिन्छन् ।  

स्थानीय तहमा आफ्नो पकट र पूर्वमन्त्री एवं पार्टीका प्रभावशाली व्यक्ति पौड्याल भएकाले एमाले नेताहरू पनि चुनाव जित्न कठिन भएको दाबी गर्छन् ।  

स्वास्थ्य मन्त्री बोहरा र पूर्व बिनाविभागीय मन्त्री भुसाल

रूपन्देही क्षेत्र नम्बर ३ मा स्वास्थ्य मन्त्री दीपक बोहरा एमालेका उपमहासचिव  एवं पूर्व बिनाविभागीय मन्त्री घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा छन् । एक पटक बिनाविभागीय मन्त्री बनेका थिए । दुवैका आआफ्नौ विशेषता भएका कारण यस क्षेत्रको चुवान थप रोचक बनेको छ ।

रूपन्देहीको भैरहवासमेत पर्ने यस क्षेत्रमा गत संविधानसभा चुनावमा बोहरा विजयी भएका थिए ।

तर गत स्थानीय चुनावमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाको मेयर एमालेले जितेको थियो ।

गत संविधानसभा निर्वाचनमा दीपक बोहरा ७ हजार ४८१ मत पाएर विजयी भएका थिए भने काङ्ग्रेसका रामकृष्ण ताम्राकार ५ हजार ७७७ मत पाएर पराजित भएका थिए ।

बोहरालाई काङ्ग्रेसको समर्थन छ भने भुसाललाई वामपन्थी गठबन्धनको ।

भुसाल यसअघि काङ्ग्रेस नेता बालकृष्ण खाँणसँग झिनो मतले पराजित भएका थिए ।

भुसाल समाजवादी सिद्धान्तका व्याख्यातासमेत हुन् । बोहरा  पञ्चयात कालदेखि हालसम्म १० पटक मन्त्री भएका नेता हुन्

स्वाथ्य मन्त्री बोहोरालाई यसपटक नेपाली काङ्ग्रेसले साथ दिएको छ ।  माक्र्सवादी चिन्तकका तथा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला बिनाविभाग मन्त्री बन्ने अवसर पाएका घनश्याम भुसाल साझा वामपन्थी उम्मेदवारका हुन् ।

राजनीतिक चरित्रका हिसाबले घनश्याम र दीपक बोहोरा ठीक फरक प्रवृत्तिको प्रतिनिधित्व  रहेको यहाका  राजनीतिकर्मीहरू बताउँछन् ।

दुई पूर्वमन्त्री : त्रिपक्षीय प्रतिस्पर्धा
राजपाका प्रभावशाली नेता एव पटक पटक मन्त्री बनेका सर्वेन्द्रनाथ शुक्ला वामपन्थी गठबन्धनबाट पूर्व मन्त्री ओमप्रकाश यादव गुल्जारी चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा त्रिपक्षीय प्रतिपस्र्धा छ । रूपन्देही अन्य क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा भए पनि यहाँ त्रिपक्षीय प्रतिपस्र्धा छ । दुई पूर्व मन्त्रीसँग अर्को रूपन्देही ४ मा काङ्ग्रेसको तर्फबाट प्रमोद यादव  पनि यसै क्षेत्रबाट चुनावी मैदान छन् ।


 
भारतसँग सीमा जोडिएको रूपन्देहीको दक्षिणी भेगमा मधेस केन्द्रित दलहरूको बाहुल्यता रहेको छ । गत संविधानसभा चुनावमा शुक्ल साविकको रूपन्देही ६ बाट विजयी भएका थिए ।

२०६४ सालको संविधानसभा चुनावमा शुक्ललाई पराजितगर्दै फोरमका तर्फबाट ओम प्रकाश यादव विजयी भएका थिए ।

यादवले १२ हजार १७० र शुक्लाले १० हजार ९०७ मत प्राप्त गरेका थिए ।

रूपन्देहीको मर्चवार क्षेत्रमा पर्ने यो क्षेत्रमा राजपा र फोरमको राम्रो पकट छ ।

पार्टीले चुनाव बहिष्कार गरेको समयमा दोस्रो चरणको स्थानीय चुनावमा शुक्लका स्वतन्त्र उम्मेदवारले यो क्षेत्रमा चुनाव जितेका थिए । नेपाली काङ्ग्रेस युवा नेता प्रमोद यादवको पनि पडक राम्रो रहेको जनाकारहरू बताउँछन् ।

पूर्व अर्थ राज्य मन्त्री : पूर्वसांसद

रूपन्देही क्षेत्र नम्बर ५ बाट नेपाली काङ्ग्रेसका पूर्वअर्थ राज्यमन्त्री भरत शाह र वामपन्थी गठबन्धनका तर्फबाट माओवादीका डिलाराम आचार्य चुनावी मैदानमा छन् ।

शाह निवर्तमान सांसद हुन् भने विगतमा राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँचीमा चुनाव जितेका आचार्य यस पटक माओवादीबाट चुनाव लड्न लागेका हुन् । उनलाई एमाले र जनमोर्चाको साथ छ ।

दोस्रो संविधानसभा चुनावमा काङ्ग्रेसका शाह विजयी भएका थिए ।  पछिल्लो पटकको निर्वाचन क्षेत्र निर्धारणमा पाँच नम्बर क्षेत्रमा केही भूभाग थपिएको छ ।
साहा मतदताका  लागि परिचत अनुहार हुन् भने आचार्य एमालेको साथले मैदान जाने उक्त क्षत्रेमा अपरिचत अनुसार हुन् ।

स्थानीय तहको मतलाई आघार मान्दा एमाले माओवादीको काङ्ग्रेसभन्दा धैरै छ । तर अन्य दलहरू  उम्मेवारहरू निकै मिहिनेत गरेर लागेका क्षेत्रमा साह र आचार्य बीच नै प्रतिस्पर्धा हुने छ । पूर्व सभासद विनोद पहाडी स्थानीय तहको मत र अहिले फरक हुने  अनुमान लागउँछन् । नयाँ मतदाता  थपिएका छन् । अर्को पात्र र प्रृवत्तिका कारणले  पुरानो आँकडा भर पर्न नहुने उनको तर्क छ  ।
। 
 
अर्कोतिर उम्मेवारलाई पार्टी सदस्य र  क्षेत्रको समस्या  थाह छैन् । रूपन्देही बिनातयारी हल्ला आधारमा चुवान लड्ने उम्मेदवार पनि छन् । अनुभवको कमी र पार्टीको नेतृत्वले उम्मेवारलाई गाइड गर्न नसक्दा यहाँ केही उम्मेदारलाई अलमलमा छन् । निर्वाचन आयोग रूपन्देही जिल्ला ७ क्षेत्रबाट घटाएर ५ क्षेत्रमा कायम गरेको छ ।

नगरपालिका बासिन्दाले  दुईवटा  केन्द्रीय उम्मेदवारलाई मतदान गर्न पाउने छन् भने तीनवटा प्रदेश तीनबाट पाउने छन् ।  गाउँपालिको पनि विभाजन  केन्द्रीय नेताहरू स्वार्थअनुसार विभाजन गरिएको छ ।

नेपाली काङ्ग्रेसबाट   प्रदेशसभा १ ख  उम्मेदार हरि न्यौपानेलाई बुधबार दिउँसोसम्म आफ्नो समस्या थाहा थिएन र उनी  रूपन्देहीको मणिग्रमाणवासी भए पनि  नयाँ सरंचनाअनुसार क्षेत्र निधारण गरेकाले  ती ठाउँ समस्या थाहा पाउन लागि एउटा टोली गठन गएिको बताए । तिनै समस्यालाई एजेन्डा बनाउने उनको तयारी छ ।

रूपन्देही क्षेत्र नं. २, बुटवलबाट  प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका  नयाँ शक्ति पार्टीका मनिकर कार्कीले आफ्नो पार्टीको क्रियाशील सदस्य थाहा छैन । उनले बुधबार दिउँसो भने जिल्ला मेरो क्षेत्रमा कति छन् पार्टी सदस्य थाहा छैन भन्ने बुझ्नुपर्छ ।

नयाँ शक्ति पार्टीको तर्फबाट उनले प्रतिनिधिसभा सदस्य  उम्मेदवारी कार्की रूपन्देहीवासी होइन् । तर नयाँ शक्ति गठन हुदाँदेखि नै रूपन्देही बसेर पार्टीको काम गरेका छन् ।  रापजपा  क्षेत्र नम्बर ५ का उम्मेदार राजेन्द्र गुप्ता रूपन्देहीमा उम्मेदारी दिएका छन् ।

यसअघि दुईमा चुवान लडेका गुप्ता  अहिले पाँचमा आएका छन् । उनलाई आफ्नो क्षेत्रको मतदात ठ्याक्कै  थाहा छैन । केवल अनुमान लाउने काम गरेका छन् । उनले मरो माहोल राम्रो मात्र भन्छन् ।
 
प्रदेशमा कस्ता छन् उम्मेदारहरू
 
रूपन्देहीमा पाँच निर्वाचन क्षेत्रबाट दस जाना प्रादेशिक सांसद निर्वाचत हँुदैछन् । यस मुख्य प्रतिस्पर्धा वाम गठवन्धन र लोकतान्त्रिक गठबन्धन बीच हुने छ  ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
प्रदेशसभा १ क ताहिर अली (राप्रपा )
प्रदेशसभा १ ख हरि न्यौपाने
 
प्रदेशसभा २ क काजिमान श्रेष्ठ
प्रदेशसभा २ ख महेशमान सिंह
 
प्रदेशसभा ३ क देवी चौधरी
प्रदेशसभा ३ ख बाट हरिध्वज मल्ल
 
प्रदेशसभा ४ क अष्ठभुजा पाठक
प्रदेशसभा ४ ख बसिउद्दिन खान
 
प्रदेशसभा ५ क बिष्णु पोखरेल
प्रदेशसभा ५ ख फकरुद्दिन खाँ
 
वाम गठबन्धनका उम्मेदवार
प्रदेश सभा (१क) डा. कृष्ण न्यौपाने (१ ख) दधिराम न्यौपाने माओवादी
प्रदेश सभा (२क) लिला गिरी (२ ख) भोजप्रसाद श्रेष्ठ
 
प्रदेश सभा (३ क) विश्वास बराल माओवादी (३ ख) तुलसीप्रसाद चौधरी
प्रदेश सभसभा (४ क) पल्लवी शुक्ला (४ ख) सहबुद्दिन देवान
 
प्रदेश सभा (५क) भूमिश्वर ढकाल,  
 

काङ्ग्रेस नेता खाँण खुम्चिए कि पार्टीमा हाइट बढाए
संविधानसभा पहिलो र दोस्रो निर्वाचनमा तत्कालीन रूपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण  निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेन् ।
 
पार्टीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र खाँण किन प्रत्यक्षमा उठ्ने चाहेनन् ? पार्टीले दिएको  निर्वाचन परिचालन समितिको संयोजक पद बस्न खोजे ? यो विषय चर्चामा छ ।
 
हालै पार्टीले उनलाई निर्वाचन परिचालन समितिका संयोजक  खाँण काठमाडौँमा निकै चर्चित व्यक्ति हुन् ।
 
खाँणलाई पार्टीले क्षेत्र नं. ३ बाट सिफारिस गरे पनि गृहक्षेत्र १ मा पर्ने भएकाले उनी १ वा ३ मध्ये एक क्षेत्रबाट चुनाव लड्ने अनुमान कार्यकर्ता र शुभेच्छुकले गरेका थिए ।
तर पार्टीको निर्वाचन परिचालन समितिको संयोजक पद दिएपछि काठमाडौँबाट पार्टीको काम गर्न थाले ।

पार्टीले दिएको जिम्मेवारी पूरा गर्नका लागि उनले प्रत्यक्ष निर्वाचन छाड्नु परेको बताउँछन् । तर यहाँ केही काङ्ग्रेसीहरू चुनाव हार्ने डरले सामानुपातिक सिट सुरक्षित गरेको बताउँछन् ।
 
२०७० सालको संविधानसभा निर्वाचनमा पनि उनले निकै कठिन तरिकाले नतिजा आफ्नो पक्षमा पारेका थिए । उनी एमालेका उम्मेदवार घनश्याम भुसालसँग अत्यन्त झिनो मतान्तरले विजयी भएका थिए ।

२०६४ को संविधानसभा निर्वाचन तत्कालीन क्षेत्र नं. ३ मा एमालेका लिला गिरीलाई १ हजार दुई सयभन्दा बढी मतअन्तर पराजित गरेका खाँणको सोही क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा भुसालसँग मतान्तर ८५ को आसपासमा झरेको थियो ।  
 
बागी उम्मेदवारको सदस्यता खारेज, काङ्ग्रेसमा धेरै
 
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज  नेपाली काङ्ग्रेस र एमाले गरेका छन् ।

नेपाली काङ्ग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरूका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो ।
 
२ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उहाँका प्रस्तावक र समर्थक पार्टी सदस्यता खारेज गरेको नेपाली काङ्ग्रेस सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

त्यस्तै क्षेत्र नं ३ कबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उहाँका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेस बीपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जानकारी दिए ।

यस्तै एमाले जिल्ला सदस्य मिनप्रसाद घिमिरेले रूपन्देही पाचँ खबाट बागी उम्मेदरी दिएका थिए । उनका समर्थक प्रस्ताक  सबैलाई एमाले रूपन्देहीले कारवाही गरेको छ । एमाले अन्यलाई पार्टीको हित विपरीत काम गर्ने कारबाही गरेको छ ।

स्थानीय  तहको निर्वाचनमा अहिले परिर्वन गरिएको संरचनाअन्तर्गत वडाध्यक्षलाई  आएको मतका आधारमा यो तयार पारिएको हो । 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप