प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित
बिहीबार, २३ कात्तिक २०७४, १३ : ०४

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएर चर्चामा आएका काङ्ग्रेस नेता तथा खेलकुदमन्त्री राजेन्द्र केसी (राजन)यो पटक पनि काठमाडौँ क्षेत्र नं. १० बाट चुनावी मैदानमा छन् । यसपटक उनी प्रचण्डसँग होइन, वामगठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता हीतमान शाक्यसँग चुनावी प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ १० मा काङ्ग्रेसले १७ हजार १ सय ७०, एमालेले १६ हजार ८ सय ८७, माओवादीले ९ हजार ४ सय ५० र राप्रपाले २ हजार ३ सय ३६ मत ल्याएको थियो । सो हिसावमा यहाँ वाम गठबन्धन ६ हजार ८ सय ३१ मतले अगाडि रहेको छ । यसअर्थमा उनले यो पटक चुनाव आफ्नो पक्षमा पार्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा