शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्डमा गगनका प्रत्यासी :  भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ४०
शुक्रबार, ०१ मङ्सिर २०७४

काङ्ग्रेसका युवा नेता गगन थापाका चुनावी प्रतिस्पर्धी राजन भट्टराईको व्यस्तता कुन हदसम्म छ भनी बुझ्न उनको चुनावी घरदैलोलाई हेर्नुपर्छ । थापाको विजय क्रमलाई रोक्न वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईको दैनिकीमा निकै फेरबदल आएको छ । दैनिकको घरदैलो र भेटघाटले उनको दिनचर्या चुनाव केन्द्रित मात्रै छ । उनलाई दैनिक २४ घण्टाको समय पनि अभाव छ ।

हामीले यस अघि गगनको प्रचारशैलीको रिपोर्टिङ गरेका थियौँ, पढ्नका लागि यहाँ जानुहोस्:

गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

बिहीबारका लागि भट्टराईको घरदैलो बूढानीलकण्ठ नगरपालिकको वडा नम्बर १० मा केन्द्रित थियो । बिहीबार  घरदैलोमा व्यस्त रहेका भट्टराई कपन मिलन चोक आसपासका क्षेत्रमा दलबलसहित डुलिरहेको अवस्थामा भेटियो । सयौँ सङ्ख्यामा प्रचारप्रसार सदस्य, गाडी तथा मोटरसाइकलको लावालस्करले भट्टराईको चुनाव अगाडि नै विजयी जुलुसको छनक दिएको थियो । यद्यपी कोही पनि उम्मेदवार चुनाव नहार्दासम्म बिजयीकै सपनामा हुन्छन् ।

गाडीसहितको प्रचार टोली उनको साथमा थियो । आधा दर्जन मोटरसाइकल पनि प्रचारका क्रममा उनलाई सहयोग गरिरहेका थिए  । पुरुषकै सङ्ख्या बराबरीमा महिलाहरू पनि प्रचारमा खटेका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईको प्रचार शैली अलि भिन्न थियो । दौडधूप पनि बढी नै थियो । वारिपारि गर्दै नमस्ते गर्ने, ‘म राजन भट्टराई’ भन्दै परिचय दिई आफ्नो बाटो लागिहाल्ने उनको शैली थियो । आशीर्वाद लिएर निस्कने क्रममा उनले ‘तपार्इंको काम भोट दिनुस् । मैले के गर्नपर्छ भन्नुस्’ भन्दै निस्किने गरेका थिए ।

वडा नम्बर १० को प्रचारमा कार्यकर्तासहित निस्केका भट्टराई उत्साहित थिए । राजनीतिक नारा र गीत सङ्गीत उनको प्रचारमा प्लस पइन्ट थियो । चर्को स्वरमा राजनको पक्षमा नारा घन्किएका थिए । वाम गठबन्धनका पक्षमा सहभागीहरूको ठूलो स्वर थियो ।

भट्टराईको पक्षमा लगाइएका नाराहरू :
राजन भट्टराई आ’का छन्
जनता खुसी भा’का छन् ।
 
दिदी बहिनी दाजु भाइ
भोट हालौँ सूर्यलाई ।
 
स्थिर सरकारका लागि वाम गठबन्धन
जनताको आशा वाम गठबन्धन ।
साहिदको सपना वामगबन्धन ।।
 
स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठको  १० नम्बर वडामा एमाले विजयी भएको थियो । वडा अध्यक्ष नवराज भट्टराईले राजनलाई  प्रचारमा खुलेर सहयोग गरिरहेका थिए । काठमाडौँ ४ प्रदेश ‘ख’का उम्मेदवार कुसुमकुमार कार्की पनि प्रचारमा जोडतोडले जुटिरहेका थिए । पर्चा र झण्डा बोकेका प्रचार सदस्यहरूले मतदातालाई भेटेको अवस्थामा उम्मेदवारसँग परिचय गराएका थिए भने बन्द रहेका घरमा पर्चा पम्पलेट गेटबाट छिराएर हिँड्ने गरेका थिए  ।

कपन मिलन चोकमा चुनावी प्रचारमा जुटेका भट्टराईले बिहीबार तरकारी बजार नजिक प्रचारप्रसार कार्यालयको उद्घाटन गरे ।  एमाले समर्थक लालबहादुर घतानेले कार्यालयका लागि निःशुल्क रूपमा घर उपलब्ध गराएका थिए । प्रचार टोली र स्थानीयको बाक्लो उपस्थित रहेको कार्यक्रममा भट्टराईले सर्वसाधारणलाई केही आफ्ना प्रतिबद्धता पनि राखे । उपस्थितहरूले ताली ठोके ।

स्थानीयलाई उनले केही विकास आश्वासन सुनाउँदै भने– ‘हिलाम्मे बाटोको अन्त्य गरिन्छ । हाम्रो काम र जिम्मेवारी जनतालाई सहजता उपलब्ध गराउने हो । सुविधा दिने हो ।’ उनले अझ अघि बढेर भने– ‘अर्को वर्ष वर्षात्मा तपार्इंहरू कपनमा हिँड्दा हिलोमा टेकेर हिँड्नुपर्दैन ।’

खानेपानीका लागि मेलम्चीको इस्टिमेट गरिएको जनाउँदै बजेट छुट्याएर पानीको व्यवस्था गर्ने आश्वासन दिए । सरकारप्रति  रुष्ट देखिँदै भट्टराईले सात तले– तरकारी बजार– आनी गुम्बा बाटोका लागि छुट्टिएको पैसामा अर्थ मन्त्रालयले बेइमानी गरेको वताए ।

तरकारी बजारबाट पश्चिम लागेको प्रचार टोलीको भेट एक वृद्धसँग भयो । राजनलाई देख्नासाथ उनले सूर्य नारायण उदाउनुपर्छ भन्दै सूर्यकै कविता सुनाए । राजन खुसी देखिए ।

अलिक पश्चिम पुगेपछि अवकाश प्राप्त कृषि वैज्ञानिक डा. केशवबहादुर पाण्डेयको घरमा राजन प्रवेश गरे । तीन तलामाथिाट पाण्डेय ओर्लिए । मतको आश्वासन र शुभकामना दिए ।

पुनः तरकारी बजार फर्कंदै गरेका राजनले अर्का प्रौढ उमेरका एक व्यक्तिलाई भेटे । वृद्धले राजनलाई एक व्यक्तिको नामै किटेर कानमा फुके ‘ऊसँग १०० भोट छ, भेट्नु है ।’

तरकारी बजारबाट अलि भित्र पसेका राजनको भेट अर्का ५० वर्ष कटेका व्यक्तिसँग भयो ।  गगन र राजन एकै स्थानका उम्मेदवार भएको उनलाई चित्त बुझेको रहेनछ । तर पनि उनले राजनलाई मतको आश्वासन दिँदै भने ‘मसँग आठ भोट हो । तीन भोट विदेशमा छ ।’ भने ।

सिन्धुपाल्चोकबाट राजधानी आएका भट्टराईका निम्ति उनको जन्म थलोबाट बसाईं सरेकाहरूको पनि आड थियो । कपन एरियामा काभ्रे र सिन्धुपाल्चोकबाट बसाई सर्नेको सङ्ख्या उल्लेख्य छ ।

लावालस्करसहितको प्रचार टोलीले बिहानी सत्रको प्रचार एक बजे सकिएको थियो । शिवमन्दिरस्थित एउटा पार्टी प्यालेसमा व्यवस्था गरिएको खानाका लागि डेढ सयभन्दा बढी प्रचारकर्मी थिए ।

प्रचारमा गाडी, आधा दर्जन मोटरसाइकल, प्रचार सामग्री तथा धेरै सङ्ख्यामा सहभागी प्रचार टोलीको खाना खर्चले भट्टराईको चुनावी खर्च बढेको आँकलन गर्न सकिने अवस्था थियो । बिहानी सत्रको प्रचार सकेका भट्टराईलाई पहिलो प्रश्न चुनावको खर्चमा केन्द्रित रहेर गरियो ।
 
 

चुनावी खर्चको प्रावधान बारे बहस चलाउनुपर्छ : राजन भट्टराई ( अन्तवार्ता)
 

तपाईंकै एक उपल्लो तहको नेताले चुनावी खर्चका कारण उम्मेदवार हुन सकिन भन्नुभयो । चुनाव खर्चिलो हुँदै गएको हो ?
चुनाव खर्चिलो भएको छ । चुनावको प्रणालीका बारेका हामीले राष्ट्रिय बहस चलाउनुपर्छ । हामीले व्यवस्था गरेको प्रावधानलाई बहसमा नल्याउने हो भने भविष्यमा चुनावी खर्चले समस्याले ल्याउँछ ।
 
तपाईंको दैनिक खर्च पनि बढिरहेको छ । प्रचार प्रसारका लागि खर्चको  व्यवस्थापन कसरी  गर्नुभएको छ ?
खर्चको समस्या त परेको छ । यद्यपि हाम्रो स्थानीय तहबाट नै जुटाउने काम भएको छ । मैले पैसा दिनुपरेको छैन ।  स्वभाविक रूपमा पार्टी सदस्यहरूसँग सहयोग जुटाइरहेका छौँ । पेसा व्यवसायमा लागेकाले निश्चित रकम दिनुपर्ने र दलको  सामान्य समर्थकले केही सहयोग गर्ने निर्णय गरेका छौँ । यद्यपि उठेको भने छैन ।
 
जोडतोडले चुनावी प्रचारमा खटिरहनुभएको छ । तपाईंको अवस्था कस्तो पाउनुभयो ?
–राम्रो पाएको छु । जनताको मप्रतिको, हाम्रो पार्टीप्रतिको  वा पार्टीको कार्यक्रमप्रतिको समर्थन धेरै राम्रो छ । यो ४ नम्बर क्षेत्रमा वामप्रतिको समर्थन धेरै राम्रो छ ।
 
तपाईं स्थानीय मतको आधारमा अलि बढी उत्साहित हुनुभएको हो ?
– वामपन्थीको यहाँ बाहुल्य मत हो । आम जनताको राष्ट्रिय मुद्दाको मार्किङ गरेको छु । वैशाखमा हाम्रो अवस्था फर्काएका छौँ । त्यसलाई निरन्तरता दिने हो ।  स्थानीय मतको आधार र अहिलेको घरदैलोको आँकलन गरेर भनेको हुँ । आम मतदाता, तटस्थ मतदाता तथा राजनीतिक दलहरूबाट राम्रो रेस्पोन्स पाएको छु । मेरो आपm्नो पार्टीका तल्लो इकाइहरू र पत्रकार साथीहरूबाट पाएको प्रतिक्रियाका आधारमा भनेको हुँ ।

घरदैलोमा आम मतदाताको गुनासो तथा समस्या के पाउनुभयो ?
– घरदैलोमा धेरै समस्या त बुझ्न सकिन्न । अन्तक्रिया गरेर बुझ्ने समय हुँदैन । छोटकरीमा मात्रै कुरा हुने हो । हामी वडाका टोल टोलमा पुगेका छौं । क्लस्टर अनुसार भेला गरेका छौं । त्यहाँका समस्या छलफल गरेका छौं । जनप्रतिनिधिहरू स्थानीयका प्रत्येक समस्या परिचित हुनुहुन्छ । पहिलो पानी, दोस्रो बाटोघाटो, तेस्रो यहाँको ट्राफिक जाम, चौथो यहाँको धुलो र  पाचौँ सर्वसाधारणले बाटो क्रस गर्न नसक्ने अवस्था छ । यिनै यहाँका प्रतिनिधिमूलक समस्याहरू हुन् ।
 
गगन थापाले कुनै अवस्थामा चुकेको पनि छु, जसले गर्दा सोंचेअनुसार गर्न सकिन भनी स्विकारोक्ति छ । तपाईंले अघि बोल्ने क्रममा बाटोको समस्या तीन महिनामा अन्त्य गर्छु भन्नु भयो । सम्भव छ ?
– हामीहरू लागि पर्यौ भने त्यो सम्भव छ । हामीले जनतामा गएर मत माग्दा  दिएका वचन न्यूनतम त पालना गर्न पर्र्यो । एउटा नागरिकले पाउनुपर्ने न्यूनतम सुविधा पाउनुपर्यो । खानेपानी कुरा गरौँ । तपाईंले कति प्रयत्न गर्नुभयो जनताले हेर्ने त्यो हो । हरेक वर्ष कपन बाटोका कारण नाकाबन्दि भयो भन्ने सुनिन्छ । अनि हरेक वर्ष कपनको एउटा पनि बाटो नबन्ने हुन्छ ?मैले जनतासंग भनेको छु ।पाँच वर्षसम्म पनि जनताका समस्या उस्तै रहे भने म पुनः भोट माग्न आउँदिन ।
 
तपाईंका प्रतिस्पर्धी पनि युवा पुस्ताका प्रभावशाली नेता हुनुहुन्छ । उहाँलाई कसरी मूल्याङ्कन गर्नुभएको छ?
–वामपन्थीहरूले साझा उम्मेदवार र साझा नीति बनाएर हिँडेका छौं । नेपाली काङ्ग्रेस केही पार्टीहरूसँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएको छ । विगतमा निर्वाचन जितेका उम्मेदवारहरू पछि हारेका पनि छन् । सामान्य पृष्ठभूमिका उम्मेदवारले जितेका छन् । त्यो के हो त भन्दा विगतमा सङ्गठन र जनतामा कति गएका छन् भनी हेर्नुपर्छ । व्यक्तिको भूमिका प्रधान हुँदैन । गौढ हुन्छ । तर हुुँदै हुँदैन चाहिँ म भन्दिनँ ।
 
तपाईंले जित्नुभयो भने जनताका पक्षमा गर्ने कार्यहरू के–के हुन्? 
–एउटा त राष्ट्रिय राजनितीक मुद्दामा केन्द्रित हुने भइहाल्यो । संविधान कार्यान्वयनमा, आर्थिक वृद्धि, समृद्धिको मुद्दा, राष्ट्रियताका मुद्दा तथा स्वाधीनताका पक्षमा उहाँहरूको प्रतिनिधि पछि परेको हुनेछैन । स्थानीय तहमा यहाँ देखिरहेको भयावह अवस्था छ । विशेषगरी खानेपानी, बाटो, ट्राफिलगायतका समस्याहरूको न्यूनीकरण गर्ने प्रयास गर्नेछु । जनताका समस्यालाई प्राथमिकतामा राखेर त्यसका पनि प्राथमिकता निक्र्यौल गर्नेछौं । स्थानीय स्रोत साधनले भ्याउने काम स्थानीय स्रोत साधनले र स्थानीय स्रोतले नभ्याउनेलाई केन्द्रीय बजेट छुट्याएर तदरुकताका साथ काम गर्नेछौं ।

रातोपाटी @ ब्याटल ग्राउन्ड 

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

 

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप