बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

मङ्गलबार, ०७ कात्तिक २०७४, १६ : ३०
मङ्गलबार, ०७ कात्तिक २०७४

प्रदेश नं. ६ का ७ जिल्लामा पहिलो चरणको चुनाव हुँदैछ । यो प्रदेशमा विनाविभागीय मन्त्री जनार्दन शर्मा, महेन्द्रबहादुर शाही तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतसहितका हेभीवेट नेताहरू चुनावी मैदानमा छन् । यस्तै नेपाली काङ्ग्रेसका पूर्वसांसद राजिव विक्रम शाहीलगायतका नेता पनि चुनावी मैदानमा छन् ।

रूकुम (पश्चिम भाग) 
रुकुम जिल्ला पश्चिम भागमा प्रतिनिधि सभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका गोपालजीजङ्ग शाह चुनावी मैदानमा भिड्दैछन् ।

स्थानीय तहको निर्वाचनमा पश्चिम रुकुममा माओवादी केन्द्र पहिलो दल बनेको थियो । स्थानीय तहका प्रमुख पदका लागि प्राप्त मतका आधारमा माओवादी केन्द्रले २७ हजार ४ सय ३१ मत ल्याएको थियो ।

दोस्रो दलका रूपमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । रुकुम पश्चिममा वाम दलको मत ३५ हजार ८ सय ३५ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७ सय ६८ मत बढी हो । यो जिल्लामा राप्रपाले जम्मा १ सय ९२, राष्ट्रिय जनमोर्चाले ४३ र नयाँ शक्ति नेपालले १ सय ६४ मत ल्याएका छन् । यहाँ नेपाली काङ्ग्रेसले अन्य दलसँग तालमेल गर्ने हो भने पनि वाम दलसँग प्रतिष्पर्धा गर्न कठिन छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता छन् ।

जाजरकोट  
जाजरकोटमा वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र नेपाली काङ्ग्रेसका राजिव विक्रम शाहीबीच चुनावी प्रतिष्पर्धा हुँदैछ । यद्यपि एमालेका गोविन्द विक्रम शाहले पूर्व गृहमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध बागी उम्मेदवारी दिएका छन् । यो समाचार तयार पार्दासम्म शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । यदि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् भने बस्नेतले सङ्कटकको सामना गर्नुपर्ने देखिन्छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जाजरकोटमा नेपाली काङ्ग्रेसले १९ हजार ४ सय ३९, नेकपा एमालेले २० हजार ६०० र माओवादी केन्द्रले १७ हजार ४ सय ६१ मत ल्याएको थियो । यस्तै राप्रपाले २ सय ८५ मत ल्याएको थियो । यहाँ वाम पन्थी दलको ३८ हजार ६१ मत रहेको छ, अर्थात नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १८ हजार ६ सय २२ मत बढी छ । यो जिल्लामा अन्य दलहरूको खासै राम्रो उपस्थिति छैन । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोेटमा १ निर्वाचन क्षेत्र रहेको छ भने यहाँ ८३ हजार ९ सय ३६ मतदाता रहेका छन् ।

हुम्ला 
हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्रका चिमी लामा र नेपाली काङ्ग्रेसका मङ्गल शाहीबीच प्रतिष्पर्धा हुँदैछ । यद्यपि हुम्लामा माओवादी केन्द्रका दुई उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री समेत रहेका छक्कबहादुर लामा  सोनाम ग्लजेन लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगभग समान हाराहारीमा मत पाएका थिए । नेपाली काङ्ग्रेसले ६ हजार ८ सय ८६, नेकपा एमालेले ६ हजार ८ सय ६८ र माओवादी केन्द्रले ६ हजार २ सय ७७ मत ल्याएको थियो । यस आधारमा हेर्दा यहाँ बाम गठबन्धनको १३ हजार १ सय ४५ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ५९ मत बढी हो । हुम्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र तोकिएको छ भने यहाँ २७ हजार ४ सय ३५ मतदाता रहेका छन् ।

मुगु  
मुगुमा वाम गठबन्धनका तर्फबाट एमाले नेता गोपाल बम र नेपाली काङ्ग्रेसका तर्फबाट हस्तबहादर मल्लबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा मुगुमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । काङ्ग्रेसले जिल्लामा ८ हजार ६ सय ६ मत पाएको थियो । यस्तै नेकपा एमालेले ८ हजार ५ सय ७९ र माओवादी केन्द्रले ३ हजार ३ सय ८२ मत ल्याएको थियो ।

यहाँ एमाले र माओवादी केन्द्र वाम दलको ११ हजार ९ सय ६१ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ३ हजार ३ सय ५५ मत बढी हो । प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा १८ हजार ७ सय ६७ मतदाता रहेका छन् ।

जुम्ला
जुम्लामा बाम गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत र नेपाली काङ्ग्रेसका तर्फबाट देवेन्द्र शाही चुनावी मैदानमा छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त कुल मतका आधारमा माओवादी केन्द्र पहिलो पार्टी बनेको थियो । माओवादी केन्द्रले १३ हजार ९ सय ५२ मत ल्याएको थियो भने जिल्लाको दोस्रो दल नेपाली काङ्ग्रेसले १२ हजार १ सय २७ मत ल्याएको थियो भने नेकपा एमालेले ११ हजार ७ सय ४५ मत ल्याएको थियो ।

दुई वाम एक ठाउँ भएर चुनाव लड्दा यहाँ पनि नेपाली काङ्ग्रेसलाई चुनौती थपिएको छ । यहाँ वाम गठबन्धनसँग २५ हजार ६ सय ९७ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १३ हजार ५ सय ७० मत बढी छ ।  प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको जुम्लामा यो अवस्थामा १४ हजार मत बढाउनुपर्ने छ । यहाँ ५९ हजार ५८ मतदाता रहेका छन् ।

कालिकोट
कालीकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाही चुनावी मैदानमा रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अन्य दलभन्दा धेरै मत ल्याएको थियो । माओवादीले १५ हजार १ सय १६ मत ल्याएको थियो भने नेकपा एमालेले १३ हजार २ सय ३१ मत ल्याएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १२ हजार २ सय ७४ मत ल्याएको थियो । राप्रपाले भने ९ सय ७३ मत ल्याएको थियो ।

यहाँ बामदलले २८ हजार ३ सय ४७ मत पाएको छ, जुन नेपाली काङ्ग्रेको तुलनामा १६ हजार ७३ मत बढी हो । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको कालीकोटमा ६४ हजार ९ सय ६१ मतदाता रहेका छन् ।

डोल्पा
डोल्पामा वाम गठबन्धनका तर्फबाट एमाले नेता धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका तर्फबाट अङ्गद बुढाबीच प्रतिष्पर्धा भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा डोल्पामा नेकपा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले ५ हजार ९ सय ७०, नेपाली काङ्ग्रेसले ३ हजार १ सय ९५ र माओवादी केन्द्रले २ हजार ३ सय २६ मत ल्याएको थियो । यस आधारमा डोल्पामा वाम गठबन्धनको ८ हजार २ सय ९६ मत छ, जुन नेपाली काङ्ग्रेसको भन्दा ५ हजार १ सय १ मत हो । प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको डोल्पामा १८ हजार ७ सय ६७ मतदाता छन् । डोल्पामा अन्य दलको उपस्थिति खासै राम्रो छैन ।
 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप